अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

काष्ठमण्डप पुनर्निर्माणमा ५ करोड थप

बिआरटीनेपाल २०७५ असोज २७ गते १९:५१ मा प्रकाशित

काठमाडौं – ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ । 

मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँ चेक प्रदान गरेका हुन्।

करिब ३ महिनाअघिदेखि शुरू भएको काष्ठमण्डप पुनर्निर्माण कार्यलाई अघि बढाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

यसअघि गएको जेठ २९ गते ५० लाख रुपियाँ उपलब्ध गराइएको थियो । मेयर शाक्यले देशको सम्पत्तिका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणलाई निरन्तरता दिन रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू