अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

प्रदेशका कर्मचारीले तलब पाएनन्, ३ महिनादेखि उधारोमा व्यवहार चलाउँदै

बिआरटीनेपाल २०७५ असोज २४ गते २०:०३ मा प्रकाशित

धनकुटा- दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । आफ्नो र कार्यालयको दैनिक खर्च उनीहरूले उधारोमा चलाइरहेका छन् ।

महिला विकास कार्यालयका नीरा चापागाईंले दैनिक कामको अख्तियारी हालसम्म पाएकी छैनन् । जिल्ला समन्वय समितिको एक कोठास्थित महिला विकास शाखामा रहँदै आएकी उनीसँग कार्यालयमा गर्नुपर्ने कामको कुनै अख्तियारी छैन । उनले असारदेखि हालसम्मको तलब समेत पाएकी छैनन् ।

‘न त कामको अख्तियारी छ, न त तलब नै’ उनले भनिन्, ‘सम्बन्धित निकायमा जानकारी गराउँदा कुनै समाधान हुन सकेको छैन ।’ कार्यालयमा १० देखि ५ बजेसम्म कामबिहीन बस्नुपर्दा हैरानी लाग्ने गरेको उनले सुनाइन् । उनीसँगै अन्य तीन कर्मचारीको दैनिकी पनि समान छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू