अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

प्रचण्डले भने – वामदेवलाई उम्मेदवार बनाउने निर्णय भएको छैन

बिआरटीनेपाल २०७५ असोज २४ गते १९:५८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् । 

उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धर ले राजीनामा दिने चर्चाबारे पार्टीमा कुनै निर्णय नभएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउँदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए ।

बर्तमान सरकार ५ बर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउँदै उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारीरुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू