अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

इन्जिनियरको ३ करोड अवैध सम्पत्ति

बिआरटीनेपाल २०७५ असोज २१ गते १९:३७ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गर्दै ३ करोडभन्दा बढी रकम आर्जन गर्ने सहरी विकास तथा भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सिनियर डिभिजननल इन्जिनियर सुरेश ठाकुरविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्धा दायर गरेको छ ।

छानविनमा ठाकुरको ३ करोड १८ लाख ७३ हजाार ७ सय २० रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएपछि उनीविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अख्तियारले ठकुरको स्रोत नखुलेको सबै सम्पत्तिलाई बिगो कायम गर्दै जफत गर्न र २ बर्षसम्म जेल सजाय माग गर्दै मुद्धा दायर गरेको हो ।, आजकोअन्नपुर्णपोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू