अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

पहिलो गीत चर्चा हुन नपाउँदै बाल गायक प्रिन्सको “दसैँ मनाउने हो” सार्वजनिक (भिडियो)

राजेन्द्र आचार्य, चितवन २०७५ असोज २१ गते ९:२३ मा प्रकाशित

नेपालीहरूको महान् चाड नजिकएसगैँ नयाँ दसैँ गीतहरू बजारमा आइरहेका छन् ।

भने पछिल्लो समयमा गीतसंतिमा बाल पुस्ताको सक्रियता समेत बढेको छ । यससँगै चितवन सौराहाका प्रिन्स सिलवाल पनि आफ्नो दोस्रो गीत बजारमा ल्याएका छन् । पहिलो गीत रेर्कडसगैँ आफ्नो अलग पहिचान दिलाएका उनले दोस्रो गीतको भिडियोसहित बजारमा ल्याएका छ ।

प्रिन्सको “दसैँ मनाउने हो” गीतको एक समारोहका बिच कृषि मन्त्री बलदेव खनालले भिडियोसहित विमोचन गरेका छन् । राष्ट्रिय नाचघर परिसरमा राष्ट्रिय संगितकर्मी सङ्घले आयोजना गरेको वडा दसैँ शुभकामना आदानप्रदान र सम्मान कार्यक्रममा मन्त्री खनालले प्रिन्सको सो गीत सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा बालय अवस्थामै सङ्गीत क्षेत्रमा आई फरक क्षमता प्रदर्शन गरेको भन्दै संगितकर्मी सङ्घले प्रिन्सलाई सम्मान समेत गरेको थियो ।

रमेश पाठकको शब्द सङ्गीतमा रहेको गीतलाई नरेन्द्र बियोगीले सङ्गीत संयोजन गरेका छन् । भने प्रिन्सको साथमा अर्की बाल गायिका दिप्सि भट्टले स्वरमा साथ दिएकी छिन् ।

प्रिन्सको यसअघि ‘न मानामा नापिन्छ माया’ रेकर्ड भए पनि केहिदिनमा मात्रै बजारमा आउदैछ । उनले रेकर्ड गरेको यो गीत नै राम्रो लागेपछि उनले प्रतिभा देखेर आफूले शब्द र सङ्गीत गरी दोस्रो गीत दसैँ आयो बजार ल्याएको सङ्गीतकार रमेश पाठकले बताए ।

यस्तै दसैँ आयो गीतको भिडियो भने बुद्ध लामाको निर्देशन गरेका हुन् । प्रिन्स सिलवाल र दिप्सि भट्टकै लामाले काठमाडौँको स्वयम्बु र फुटुम आसपास छायाङ्कन गरिएका हुन् । दीपेन्द्र भट्टले खिचेको भिडियोलाई भट्ट लेनै सम्पादन गरेका छन् ।

जब नेपालीको महान् चाड दसैँ आउँछ तब हरेक बाल बालिकामा देखिने छुट्टै खुसी रौनक्तालाई कलात्मक ढङगले भिडियोमा प्रस्तुत गरेको छ ।