अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 02:03

गायिका/मोडल सिर्जु हात परिन् बहुमुखी प्रतिभा छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४

राजेन्द्र आचार्य, चितवन २०७४ चैत ३० गते १३:२७ मा प्रकाशित

राप्ती समाज काठमाडौँले हरेक वर्षझैँ यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरू म्युजिक अवार्ड वितरण गरेको छ । समाजले “ छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट अवार्ड वितरण गरेको हो । सो अवसरमा यस वर्षको बहुमुखी प्रतिभा अवार्ड लोकप्रिय चर्चित गायिका सिर्जु अधिकारीले हात परेकी छिन् । उनको प्यारा प्यारा बोल गीतलाई उक्त अवार्ड दिएको राप्ती समाजले जनाएको छ । 

गायन क्षेत्रमा विगत एक दशक देखि अलग पहिचान भिन्न प्रस्तुति दिन सफल गायिका अधिकारीका पछिल्ला समयका हरेक गीत आम श्रोता माझ कर्णप्रिय छन् । गायनसँगै मोडलिगंमा समेत रुचि राख्ने अधिकारीले झन्डै ३ दर्जन बढी गीत गईसकेकी छिन् । साथैँ गायिका अधिकारी एक दर्जन बढी गीतमा सङ्गीत समेत भरेकी छिन् ।