अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

प्रधानमन्त्रीको सवारीले सर्वसाधारणलाई सास्ती

बिआरटीनेपाल २०७५ असोज १८ गते १९:४१ मा प्रकाशित

प्रधानमन्त्री केपी ओली विदेश भ्रमणबाट फर्किंदा सर्वसाधरणले झण्डै १ घण्टा सास्ती भोग्न बाध्य भएका छन् । ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिई बिहीबार अपरान्ह करिब ३ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए ।

महानगरीय ट्राफिक महाशाखाले सवारी व्यवस्थापनको लागि भन्दै करिब एकघण्टा अघिदेखि नै विभिन्न स्थानमा दुईतर्फी सवारी आवागमनमा कडाई गरेको थियो । करिब आधा घण्टाअघि देखि ठूला तथा साना सवारी आवगमनलाई पूर्णरुपमा बन्द गराइएको थियो ।

एयरपोर्टगेट, तिलगंगा, गौशाला चोक, रातोपुल, ज्ञानेश्वर, नक्साल भगवती, भाटभटेनी, बालुवाटार आसपास भएर चल्ने सवारी साधनको आवागमन दुइतर्फीरुपमा प्रभावित हुने ट्राफिकले दिउँसो ३ बजेर १५ मा आफ्नो वेभसाइटमा सूचना जारी गरेको थियो । महाशाखाले सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो । तर, वैकल्पिक मार्गको अभावमा ठूलो संख्याका सवारी चालक सडकमा प्रधानमन्त्रीको सवारी नहुन्जेल कुर्न बाध्य भए । एर्यपोर्टबाट बाहिरिने/भित्रिने यात्रु भने पैदलयात्रा गरेका देखिन्थे । विदेशबाट आउने यात्रुले मालसमान बोकेर हिँडिरहेका थिए ।
‘निकै सास्ती भोग्न परेको छ’ धादिङका नवराज तामाङले भने, ‘कतिबेला जाम खुल्ने हो थाहा छैन ।’ व्यवस्था परिवर्तन भएपनि जनताले राहत महसुस गर्न नसेको उनको भनाइ छ । उनले भने, ‘गणतन्त्र आए पनि सर्वसाधारणलाई सास्ती दिन कसैले छाडेनन् ।’

चावहिल जान हिँडेका उनी हातमा बच्चा बोकेर एयरपोर्ट गेटमा गाडी कुरेर उभिएका थिए । नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, पुरानो बानेश्वरलगायतका विभिन्न शाखा सडकबाट मुख्य चक्रपथमा आउने गाडीलाई ट्राफिकले रोकेका थिए । कोटेश्वरबाट चावहिलतिर जाँदै गरेका नवराज न्यौपानेले राष्ट्रप्रमुख र सरकारप्रमुखको सवारीका समयमा सवारी आवागमन ठप्प गर्दा सर्वसाधारणलाई निकै सास्ती हुने गरेको बताए । ‘एकातिर उपत्यकाको ट्राफिकजामले सताउंछ’ उनले भने, ‘अर्कोतिर राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण पटकपटक भइरहन्छ ।’ कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू