अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

दर्जन विभाग र महाशाखा सरकारी कार्यालयमा

बिआरटीनेपाल २०७५ असोज १६ गते २०:१९ मा प्रकाशित

भाडाको घरमा सबै विभाग र महाशाखा व्यवस्थापन गर्न समस्या भएपछि काठमाडौं महानगरपालिकाले झन्डै एक दर्जन विभाग र महाशाखालाई विभिन्न सरकारी कार्यालयमा स्थानान्तरण गरेको छ ।

२०७२ सालको शक्तिशाली भूकम्पले महानगरपालिकाको मुख्यालय वागदरबार क्षतिग्रस्त भएपछि कार्यालय व्यवस्थापनमा अस्तव्यस्त देखिएको कामपाले ३ वर्षपछि विभिन्न कार्यालय खाली रहेका सरकारी कार्यालयमा सारेको हो ।

कामपामा रहेका १३ विभागमध्ये अधिकांश मुख्यालय बाहिर स्थानान्तरण गरिएको छ ।

देशको एक मात्रै पुरानो र पहिलो महानगरपालिका स्वयं भाडाको घरमा बस्दै आएको छ । सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन केही विभाग र महाशाखा खाली रहेका विभिन्न सरकारी कार्यालयमा स्थानान्तरण गरिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।भत्काउने तयारीमा रहेको बागदरबार पुनर्निर्माण गरिसकेपछि पुनः पुरानै स्थानमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू