अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

स्थानीय निकायको विकास साझेदार र समन्वय गर्न जनकपुरमा सम्मेलन

बिआरटीनेपाल २०७५ असोज १६ गते ११:१३ मा प्रकाशित

जनकपुर । असोज १६ युनिर्भसल पिस फेडेरेशन नेपालले २ नं. प्रदेश स्तरीय गाउँपालिका र नगरपालिकाका मेयरहरू बिच विकास साझेदार समन्वय गर्न जनकपुरमा मेयर कन्फरेन्स गरिएको छ । 

सम्मेलनको उद्घाटन २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । उद्घाटन पश्चात् बोल्दै शान्तिको अभियान आजको आवश्यकता भएको भन्दै यसको सुरुवात परिवारबाट गनिपर्नेमा जोड दिए । जनकपुरमा ८ वटा जिल्लाका मेयर र उपमेयरहरूको परिवार सहितको सहभागिता जनाएका थिए । पारिवारिक मिलन गराउने साथै पारिवारिक मूल्य मान्यता र असल संस्कारलाई नेपाली समाजले मान्यता स्थापित गराउन आजको आवश्यकता रहेको उल्लेख गदै मुख्यमन्त्री राउतले यस्ता पारिवारिक मूल्य मान्यताका कार्यक्रमले स्थानीय तहको विकासका सहयोग पुग्ने बताए ।

जनकपुर उपमहानगर पालिकाकी उपप्रमुख रिना कुमारी मिश्रले स्थानीय निकायमा कानुन र विकास एक अर्काका परिपुरक हुन भन्ने कुरामा हामी अन्योलमा परेका बताइन् । सम्मेलनमा स्थानीय निकायमा गरिने विकासको मोडल र नयाँ सबिधानले दिएको स्थानीय निकायलाई कानुनबारे जानकारी गराइएको थियो ।

नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिनआ–आफ्नो जोडीसहित कार्यक्रममा उपस्थित भएर २ नं प्रदेशका महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरूले एकबद्धता जनाएका थिए । राजनीतिक विश्लेषक लालबाबु प्रसाद यादवले संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा कार्यपत्र गरे । त्यस्तै गरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणि अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे ।

जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एवं पारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरे ।

सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले‘शान्तिका लागि नगर प्रमुखहरू अन्तर्राष्ट्रिय सङ्गठन स्थापना गर्ने ऐक्यबद्धता जनाउँदै हस्ताक्षर समेत गरे । कार्यक्रममा सङ्गठनका प्रदेश संयोजक पुरुषोत्तम कार्कीले सम्मेलन फलदायी भएको बताउँदै अहिलेको समय सापेक्ष स्थानीय तहका लागि आवश्यक समेत महसुस गरिएको जानकारी दिए ।

सम्मेलनको सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश समेत सिराहा नगरपालिकाकी उपप्रमुख डा. नमिता यादवले पढेर सुनाउनु भएको थियो । जनकपुर उपमहानगर पालिकाकी उपप्रमुख रिना कुमारी मिश्रको सभापतित्वमा भएको कार्यक्रम प्रदेश सांसद बेचु लुङ्गेली, पूर्व सभासद् बबन सिंह विश्व शान्ति तथा एकीकृत परिवार सङ्घका अध्यक्ष सन्तोष कुमार पौडेल लगायतले बोलेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू