अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

नेकपामा एकता नटुंगिँदै विवादः पेलाईमा परेको गुनासो

बिआरटीनेपाल २०७५ असोज १३ गते १९:५२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समतिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला नेता नेपालले पार्टीभित्र रहेको गुटबन्दी बाहिर ल्याएका हुन्।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको चार महिना बित्दासमेत तल्ला तहको कमिटी एकीकरणमा विलम्ब भइरहेका बेला नेता नेपालसहितका नेताहरूले संस्थापन पक्षबाट पेलाइमा परेको गुनासो गरेका छन्।

नेता नेपालले शुक्रबार सार्वजनिक रूपमै पार्टी एकता प्रक्रिया र प्रवृत्तिबारे मुख खोलेका हुन्। आफू विदेश भ्रमणबाट फर्किएपछि प्रदेश पदाधिकारीको टुंगो लगाउने पूर्वसहमतिविपरीत दुई अध्यक्षसहित सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएपछि नेता नेपाल असन्तुष्ट छन्।

पार्टीका महत्वपूर्ण निर्णय गर्ने अधिकार पार्टी स्थायी समितिलाई भए पनि त्यसविपरीत निर्णय हुन थालेको असन्तुष्ट पक्षले गुनासो गर्दै आएको छ।, यो खबर आजको नागरिकदैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू