अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

अब ‘विशेष काम’मा पनि रातो पासपोर्ट

बिआरटीनेपाल २०७५ असोज १० गते २०:४९ मा प्रकाशित

काठमाडौँ । कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष काम’का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन् ।

राहदानी ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीतिक राहदानी प्रयोगको दायरा बढाएको हो । विशेष काम कस्तो कस्तोलाई मान्ने ? भन्ने परिभाषा विधेयकले गरेको छैन । कूटनीतिक र विशेष राहदानी प्रयोगको व्यवस्था नियमावली वा कार्यविधिमार्फत तोक्नेगरि विधेयकमा सहमति गरिएको छ ।

कूटनीतिक राहदानी सरकारी कामको सिलसिलामा मात्र प्रयोग गर्न पाउने गरी सरकारले ल्याएको मूल विधेयक संसदले परिमार्जन गरेको हो । विशेष काम भन्ने शव्दावली थपेर प्रयोगको कार्यविधि समेत निमायवली वा निर्देशिकामार्फत तोक्नेगरि संसदले घुमाउरो बाटोबाट व्यक्तिगत कामका लागि समेत उक्त राहदानी प्रयोग गर्न पाउने विकल्प खोलेको हो । मूल विधेयकले कूटनीतिक र विशेष राहदानी सरकारी कामका लागिमात्र प्रयोग गर्न सक्ने व्यवस्था गरेको खबर अाजकाे गाेरखापत्रमा छ ।

समितिले पारित गरेको प्रतिवेदन मङ्गलबार प्रतिनिधिसभामा पेस भएको छ । समिति सभापति पवित्रा निरौला खरेलले समयसापेक्ष तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन क्षेत्रमा भएका परिमार्जन अनुसार विधेयक तर्जुमा गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू