अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

एकजुट भएर देश निर्माणमा लाग्न प्रधानमन्त्री ओलीको नेता कार्यकर्तालाई निर्देशन

बिआरटीनेपाल २०७५ असोज ६ गते ९:१७ मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणमा लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । प्रतिक्रियाबादीविरुद्ध अरिंगालजस्तो गरी हमला गर्न निर्देशन दिएर आलोचना खेपिरहनुभएका प्रधानमन्त्री ओलीले मौरी जस्तो एकजुट भएर देशको हितको लागि काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको हो । वाम नेतृ साहना प्रधानको चौथो स्मृति सभालाई शनिवार धुम्वाराही स्थित पार्टी कार्यालयमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थ त्यागेर देशका स्वार्थ केन्द्रमा राखेर काम गर्न सवैलार्ई आग्रह गर्नुभयो । देशका स्वार्थकै लागि काम गर्न माओवादीसँग मिलेर चुनाव लडेको र पार्टी एकता गरेको प्रधानमन्त्रीको भनाई थियो ।

अरिंगाल जसरी पार्टीका नेता तथा कार्यकर्ताहरु एकतावद्ध हुनुपर्छ भन्दा विपक्षीहरु तर्सिएर उधुम मच्चिएको उल्लेख गर्दै ओलीले सवैलाई मौरी जस्तो वन्न र कर्मी मौरीजस्तो एकजुटताका साथ अघि वढ्न आव्हान गर्नुभयो ।
मौरीको मह अरुले खोसेर खाइदिने गरे पनि आफूहरूले आर्जन गरेको मह बाँडेर खाने प्रधानमन्त्रकिो भनाई थियो । मुलुकमा उपलव्ध अवसरहरुलाई बाँड्न सकिने गरी देशमा मह जम्मा गर्ने काममा सवै लाग्नुपर्ने आवश्यकतामा जोड दिंदै उहाँले सहज ढंगले देश वनाउन सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको वताउनुभयो ।

यद्यपि, मुलुकको प्रतिपक्ष कुखुराको चल्लाले सानो किरा फट्यांग्रा भेटे जसरी कुरै नबुझी किरा भेटेको चल्लाको पछि लागेको प्रधानमन्त्रीले आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया टुंगोमा पु¥याएकाले अब आर्थिक विकासका लागि आफूहरु अघि बढेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू