अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

डराउँछन् निर्मलाको साथी, निर्मला र जानकीले शिशिक्षका वा नर्स बन्ने सोच बनाएका थिए

बिआरटीनेपाल २०७५ असोज ३ गते १९:३४ मा प्रकाशित

निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो खबर छ । 

घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन ।

भीदत्त नगरपालिका — २ उल्टाखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो ।
उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् ।

हामी सानैदेखि संगै पढ्थ्यौँ, सँगै खेल्थ्यौँ, ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँजस्तो लाग्छ ।, जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् ।

कक्षाकोठा अगाडी निर्मलाले बनाएको केहि चित्र छन् ।, भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीको भनाई छ ।

निर्मला र जानकीले शिशिक्षका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरु दुवैको सोच मिल्थ्यो ।

कतिपय विद्यार्थी शव भेटिएको उखुबारी छेउको बाटो हिड्नै डराउँछन् ।

त्यहाँ पुग्नेवित्तिकै झसंग भइन्छ, भीमदत्त नगरपालिका १८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भन्नि, एक्लै आउन डर लागेर साथही समुहमा मात्रै आउँछौँ ।,

निर्मला मिलनसार थिइन् । शिक्षकमाझ पनि उनी अनुशासित र लगनशील विद्यार्थी थिइन् ।  एक महिनासम्म त सरहरुले पढाउनै सक्नुभएन, लक्ष्मीले भन्नि जतिबेला पनि त्यहि झल्को आएर उत्तरपुस्तिकासमेत जाँच गर्न सक्नुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू