अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 12:09

संघीयताको विरोध नगर्न करोडौंको अफर आयो: अध्यक्ष केसी

बिआरटीनेपाल २०७५ असोज १ गते २१:१४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजी गर्न केही दिनमै संसद्मा प्रस्ताव हुने बताएका छन् ।

प्रगतिशील पत्रकार संघले सोमबार बुटवलमा गरेको पत्रकार केसीले सम्मेलनमा यस्तो बताएका हुन् । केसीले संघीयताको विरोध नगर्न संविधान निर्माणका वेला करोडौंको अफर आएको पनि सुनाए ।

उनले भने, ‘विरोध गर्दा ज्यान मार्ने धम्की पनि आयो । तर, डराइएन । अब राजमोले संघीयता खारेजीको प्रस्ताव दर्ता गर्दै छ ।’ संघीयता विदेशीले बोकाइदिएको भारी भएकाले खारेज गर्नुको विकल्प नभएको उनले प्रस्ट्याएको खबर नयाँपत्रिका दैनीकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू