अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

बाटोमा भेटिए ‘चि मुसी चि’ जोडी अलिशा र सुनिल यस्तो अवस्थामा [हेर्नुस् भिडियो ]

माधव अधिकारी २०७५ भदौ १ गते ९:१७ मा प्रकाशित

नेपाली आधुनिक र गजल गायनमा स्थापित गायक जगदीश समालको फरक शैलीको नयाँ गीत सार्वजनिक गरिएको छ । मङ्गलवार ‘बाडुली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी(मगर)को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन समावेश छ ।फरक शैलीमा तयार भएको गीतको भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्मालाई फिचरिङ गरिएको छ ।

केही हप्ता अघि मात्रै प्रदर्शनमा आएको चलचित्र ‘चि मुसी चि’ मा लिड भूमिका निर्वाह गरेका यी दुईको जोडी सो चलचित्रपछि ‘बाडुली’ गीतको भिडियो मार्फत पुनः एकसाथ देखिएका हुन ।छोटो समयको भिडियोले पनि धेरै कुरा बोलेको छ । भिडियोमा मुना मदनको प्रेमलाई देखाउन खोजिएको छ । भिडियोमा दुई कलाकारले पाँच वटा क्यारेक्टर निर्वाह गरेका छन् । जहाँ सुनिल सुकुम्वासीदेखि डाक्टरसम्म बन्न भ्याएका छन् । सुनिलकै निर्देशनमा बनेको भिडियो आकर्षक बनेको छ । टङ्क केसीको छायाङ्कन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।