अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

टिक टकका हिट जोडी ट्वीन गर्लस फिचर्ड ‘अमिलो निबुवा’ सार्वजनिक [भिडियो]

माधव अधिकारी २०७६ असार १३ गते ६:३६ मा प्रकाशित

लामो समय देखि अस्ट्रेलियामै रहेर धेरै हिट हिट म्युजिक भिडियोहरू निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाइली अब भने गायनमा पनि जम्ने कोसिसमा छन्। गायक रसाइलीको नयाँ गीत “अमिलो निबुवा” को म्युजिक भिडियो रिलिज भएको छ । दीपक सिलवालको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा कुशल सिंहको एरेन्ज रहेको छ भने गायक रसाइलीलाई गायिका निकिता थापाले गायनमा साथ दिएकी छिन । “अमिलो निबुवा”मा टिकटकका सर्वाधिक हिट ट्वीन गर्लास् प्रिज्मा खतिवडा र प्रिन्सिपल खतिवडा, दीपा श्रेष्ठ र मन्दमन्द श्रेष्ठ, शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ जुन टिमको यस अघिको हाम्रो माया जिन्दावादलाइ अत्यधिक मन पराइएको थियो । हाम्रो माया जिन्दाबाद बोलको सफलता पछि सार्वजनिक भएको उक्त डान्सिङ गीतमा माया पिरतीको भाव समावेश गरिएको छ । 

“अमिलो निबुवा” भिडियोमा नवराज उप्रेतीले छायाङ्कन नवीन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाइलीको नै निर्देशन रहेको छ । हाल अस्ट्रेलियाको लोकप्रिय नेपाली च्यानल ‘हेल्लो अस्ट्रेलिया टिभी’ मा आबद्ध गायक जीवन रसाइलीले यस गहि पनि धेरै सामाजिक चेतनाका र कमर्सियल गीतहरू गाइसकेका छन् भने उनले नपेली लगायत पन्जाबी, हिन्दी, भियतनामी, इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्।