अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

अस्ट्रेलियाबाट सुनोदले ल्याए ‘तिखो चुलेसीमा’को रिमेक भिडियो

माधव अधिकारी २०७५ भदौ ६ गते १८:४५ मा प्रकाशित

चर्चित गीतकार गायक एवम् म्युजिक कम्पोजर सुनिल बर्देवाको सम्झनामा सुनोद श्रेष्ठले १८ वर्ष पछि हिट गीत ‘तिखो चुलेसीमा’ म्युजिक भिडियो ल्याएका छन्। बर्देवाद्वारा म्युजिक कम्पोजिशन गरिएको ‘पप गायक सञ्जीव सिंह द्वारा स्वरबद्ध उक्त गीत ६० को दशकमा निकै लोकप्रिय थियो । प्रकट पंगेनीको शब्द रहेको गीतको रिमेकीङ भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन एवम् अभिनय गरेका छन् भने उनलाई अभिनयमा मोडल एन्जीमुल्मी श्रेष्ठले साथ दिएकी छिन। 

भिडियोलाई अस्ट्रेलियाको मेल्बर्न स्थित ८८ तले यूरेका टावर र वेब ब्रिज मा खिचिएको छ। लामो समयदेखि अस्ट्रेलिया निवासी सुनोद एस इभेन्टस एन्ड मल्टिमिडिया कम्पनी मार्फत नेपाली गीतसंगीत तथा प्रवर्द्धनमा सक्रिय छन्। उनले यसअघि बिर्सन सक्दिनँ, सात समुन्द्र पारी लगायत आधा दर्जन गीतहरूको भिडियो ‘रिमेक’ गरिसकेका छन् ।भिडियोलाई भीम गोपाल इन्टरटेन्टमेन्टले उत्पादन गरेको हो।