अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

घुमायो मायाले ‘बाट अभिनयमा जम्दै डीआर

माधव अधिकारी २०७५ भदौ ७ गते ८:५२ मा प्रकाशित

गायक सङ्गीतकार राजेन्द्र बजगाईँको नयाँ गीत ‘ घुमायो मायाले’सार्वजनिक भएको छ। गीतमा भुवन शर्मा कँडेलको शब्द र केशव बडुको सङ्गीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा डीआर अधिकारी र जिनिलिया श्रेष्ठको अभिनय रहेको छ। सुबोल थापाको निर्देशनमा बनेको ‘ घुमायो मायाले’को भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन, नवीन निरौलाको सम्पादन रहेको छ ।

भिडियोलाई जनता डिजिटल फिल्मले निर्माण गरेको हो बजगाईँले यसअघि ‘बर्खाको पानी’, ‘झ्याम्मै मायालु’, ‘बर्खाको पानी’, ‘टेन्डर’, ‘झमक झमक’, ‘ट्राफिक जाम’ जस्ता गीतमा स्वर तथा सङ्गीत पस्किसकेका छन्।

कोरियाबाट म्युजिक भिडियोको अभिनयमा डेब्यु गरेका पोखरा स्थायी घर भएका मोडेल डीआर अधिकारीले यसलाई नै व्यावसायिक रूपमा अघि बढाउन लागिपरेका छन् उनको ४/५ वटा म्युजिक भिडियोहरू पोस्ट प्रोडक्सनमा रहेका छन्।