अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

दुबई निवासी गीतकार गोपाल गोलेको नयाँ गीत ज्यानै दिन्छु सार्वजनिक

माधव अधिकारी २०७५ मंसिर २३ गते १०:०६ मा प्रकाशित

नेपालकै वरिष्ठ सेलो गीतकार गोपाल गोलेको शब्द र गायक वीरेन्द्र गुरुङको स्वर र सङ्गीतमा नयाँ गीत ‘ज्यानै दिन्छु’ को भिडियो सार्वजनिक गरिएको छ । नर्बु शेर्पाको सङ्गीत संयोजन रहेको ज्यानै दिन्छुको भिडियो हेरुका लामा र निरंजली लामालाइ फिचर गरिएको छ। अजय रेग्मीको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियोलाइ दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् । मण्डली फिल्मले निर्माण गरेको ज्यानै दिन्छुको म्युजिक भिडियोलाई शुक्रवार युटुव मार्फत हाइलाइट नेपालको युट्युब सार्वजनिक भएको हो ।

कामको सिलसिलामा लामो समयदेखि विदेशी भूमिमा रहेर पनि नेपाली गीत सङ्गीतमा अनवरत लागेका गीतकार गोलेको धेरै गीतहरू यस अघि रुचाइएका छन् । भने गायक गुरुङ पनि आधुनिक तथा सेलोगीतमा धादिङकै कहलिएका गायक हुन् केही महिना पहिला मात्र अमेरिका निवासी गीतकार सुरेश सेन सिम्खडाको शब्दमा ‘हरेक साँझ’ ल्याएका गायक गुरुङको उक्त गीतलाई पनि दर्शक हरूले मन पराएका थिए ।

२०५७ मा पहिलो साङ्गीतिक एलबम प्रीत बजारमा ल्याएर औपचारिक रूपमा नेपाली साङ्गीतिक बजारमा छाएका वीरेन्द्रले त्यसपछि २०६२ मा रीत र २०६४ मा गहन गरी ३ वटा एल्बमहरु ल्याइसकेका छन् तेस्रो एलबम पछि बिभिन युरोपियन देशहरू बेल्जियम, पोर्तुगल, फ्रान्स, लगायतमा आफ्नो साङ्गीतिक यात्रा तय गरिसकेका वीरेन्द्र नेपालका चर्चित भिडियो निर्देशकहरू आलोक नेम्वांग, विजय लामासँग काम गरिसकेका छन् । तिन वटा साङ्गीतिक एलबम र धेरै सिङ्गल गीत सहित करिब ४ दर्जन गीतहरू बजारमा ल्याइसकेका गायक गुरुङ छिट्टै नै पुन: युरोपियन देशहरूमा साङ्गीतिक कन्सर्टको लागि जाने तयारीमा छन् । धादिङको कटुन्जे स्थायी घर भएका गुरुङ गीत सङ्गीतको अलवा राजधानीमा २ वटा होटेलहरूको व्यवस्थापकको रूपमा पनि सक्रिय छन् ।