अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

एनआरएनए अमेरिका हेल्पडेस्कको विज्ञ फोरम ४ सम्पन्न

विश्वमान आङ्गदेम्बे, एटलान्टा २०७५ साउन १६ गते ६:१९ मा प्रकाशित

यही जुलाई २९ तारिख आइतबार अमेरिकाको जर्जिया रोज्याका अट्लान्टा सहरमा स्थानीय नेपाली हिमालयन स्पाइस होटेलमा “एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” को “विज्ञ फोरम – ४” सम्पन्न भएको छ । “सार्वजनिक सुविधाहरू (मेडिकेयर, मेडिकेड, फुड-स्ट्याम्प, सुत्केरी/वाल-बालिका सुविधा)” विषयमा सो सम्बन्धी विज्ञ डा. प्रणय राणा वक्ता रहेको उक्त कार्यक्रम “एन.आर.एन. जर्जिया च्याप्टर” अध्यक्ष सूर्य लम्सालको नेतृत्वमा जर्जिया च्याप्टर, जर्जिया हेल्पडेस्क, तथा नेप्लिज एसोसिएसन अफ जर्जिया (नाग)सँगको सहकार्यमा सम्पन्न भएको थियो । 

कार्यक्रम फेसबुक लाइभबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रम उद्घाटन गर्दै जर्जिया च्याप्टरका अध्यक्ष सूर्य लम्सालले विज्ञ-वक्ता तथा उपस्थित सबैलाई धन्यवाद दिँदै जर्जिया च्याप्टरले यस्ता कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरे । त्यसपछि बोल्दै नेपाली सांस्कृतिक केन्द्र (एन.सी.सी.) का अध्यक्ष र जर्जियाका जेष्ठ समाजसेवी डा. प्रल्हाद पन्तले जर्जियामा एउटा हिन्दु मन्दिर सहितको (पशुपतिनाथको मूर्ती सहितको) नेपाली वाल-बालिकाहरूलाई नेपाली भाषा-नृत्य सिकाउने, न्यून आय भएकाहरूलाई स्वास्थ्य क्लिनिक चलाउने, बैठक-सभा गर्ने, तथा विवाह/भोज/व्रतबन्ध गर्न मिल्ने “नेपाली सांस्कृतिक भवन” बनाउने अभियानमा सबै जर्जियावासी तथा अमेरिका वासी नेपालीहरूलाई सहयोग गर्न आव्हान गरे ।

मूल कार्यक्रमको सुरुवात गर्दै विज्ञ-वक्ता डा. प्रणय राणाले पहिले मेडिकेड र मेडिकेयरबारे कुरा राखे I मेडिकेयर, मेडिकेड, फुड-स्ट्याम्प, इत्यादि कार्यक्रमको लागि नागरिक वा ग्रिन-कार्डको हकमा कम्तीमा ५ वर्ष अमेरिकामा बसेको हुनुपर्छ I

मेडिकेड भनेको न्यून आय भएका परिवारहरूलाई तथा शारीरिक/मानसिक रूपले अशक्तहरूलाई सहयोग गर्ने कार्यक्रम हो । मेडिकेयर भनेको ६५ वर्ष पार गरेका तथा कम्तीमा ४० क्वार्टर काम गरी मेडिकेड-मेडिकेयर राजस्व तिरेकाहरूलाई सहयोग गर्ने कार्यक्रम हो ।

(१) पारिवारिक मेडिकेड
पारिवारिक मेडिकेड पाउनलाई कम्तीमा एक बच्चा हुनुपर्छ I आफ्नै वा धर्म पुत्र/पुत्री को रूपमा पालेको भए पनि हुन्छ I यदि परिवार मेडिकेड को लागि योग्य नभए पनि बच्चा भने बच्चाको लागि कार्यक्रम “चिप” (जर्जियामा “पिचकेयर”) को लागि भने योग्य हुनसक्छ I

(२) ए.ब.डी. मेडिकेड
जेष्ठ, दृष्टिविहीन, तथा अशक्तहरूलाई यो मेडिकेड कार्यक्रम लागु हुन्छ I ६५ वर्षभन्दा कम उमेरका राज्यले अशक्त भनी प्रमाणित गरेको २ वर्ष भएको खण्डमा यो मेडिकेड पाइन्छ I

(३) मेडिकेयर बचत कार्यक्रम (एम.एस.पी.)
६५ वर्ष पार गरेका वा अशक्त वा मेडिकेड भएका हरूलाई यो कार्यक्रम हो I यसले मेडिकेयरको “खण्ड बी” को “प्रिमियम” तिरिदिन्छ ।

(क) क्यु.एम.बी. कार्यक्रमले (२०१८को अधिकतम मासिक आय – व्यक्तिको $१०३२ र जोडीको $१३९२) मेडिकेयरको “खण्ड बी” को “प्रिमियम” का साथै बिमा दिदक्तिबल, को-बिमा, तथा औषधि पनि व्येहोर्छ ।

(ख) एस.एल.एम.बी. कार्यक्रमले (२०१८को अधिकतम मासिक आय- व्यक्तिको $१२३४ र जोडीको $१६६६) मेडिकेयरको “खण्ड बी” को “प्रिमियम” का साथै औषधि पनि व्येहोर्छ I (ग) क्यु.आइ.-१ कार्यक्रमले (२०१८को अधिकतम मासिक आय – व्यक्तिको $१३८६ र जोडीको $१८७२) मेडिकेयरको “खण्ड बी” को “प्रिमियम” का साथै औषधि पनि व्येहोर्छ ।

जर्जियाको हकमा जोडीमध्ये कोही एक जना मेडिकेडको लागि योग्य भए उसले मात्र मेडिकेड पाउन सक्छ I

(४) मेडिकेयरका खण्डहरू
खण्ड १ ले अस्पतालको इन-पेसेन्ट व्येहोर्छ I खण्ड २ ले स्वास्थ्य सेवाहरू, खण्ड ३ ले १ र २ मिलाएर सेवा, तथा खण्ड ४ ले औषधि व्येहोर्छ

(५) खर्च कटौती मेडिकेड (एस.डी.एम.)
यसलाई “मेडिकल्ली नीड़ी” मेडिकेड पनि भनिन्छ I यो मेडिकेड अयोग्यहरूको लागि हो I यदि आकस्मिक ठुला औषधोपचार खर्च हुँदा सो औषधी-अस्पताल खर्च लाई आफ्नो मासिक आयबाट घटाउँदा यदि आय $३०० भन्दा कम रह्यो भने यो मेडिकेड पाउन सकिन्छ I यसले बाँकी औषधी खर्च व्येहोर्न सक्छ I

(६) महिलाको मेडिकेड
“पेड प्रेगनेंसी बिदा” नपाएको खण्डमा यो मेडिकेड जरुरत पर्छ I यसको लागि आय “सङ्घीय गरिबी रेखा (एफ.पी.एल.)” को २२५% भन्दा कम हुनुपर्छ – २ जनाको लागि $३७०४४, ३ जनाको लागि $४६७६४, र ४ जनाको परिवारको लागि $५६४८४ पर्न आउँछ I यसको लागि ग्रिन-कार्ड वा नागरिक नै हुनुपर्छ भन्ने छैन I यसको लागि आफू गर्भवती भएको प्रमाण पेस गर्नु पर्छ र सो हुने बित्तिकै २ जनाको परिवार गनिन्छ I आमालाई बच्चा जन्मिएको ३ महिनासम्म र बच्चालाई जन्मिएको १ वर्षसम्म यो सुविधा पाइञ्छ I

(७) जर्जियामा
जर्जियामा मेडिकेड-मेडिकेयर, चाइल्ड-केयर, गर्भवती-सुविधा, फुड-स्ट्याम्प, इत्यादि को लागि आवेदन “परिवार तथा वाल-बालिका सेवा विभाग (दि फ्याक्स)” मा दिनु पर्छ I आवेदन दिएको ४५ दिन भित्रमा कुन कार्यक्रमको लागि हो योग्यता निर्धारण हुन्छ I

(८) केटी बेकेट
घरमै बसी कम खर्चमा औषधोपचार गर्न चाहेमा यो कार्यक्रमले सहयोग गर्छ I

(९) मेडिकेड विस्तार
सङ्घीय गरिबी रेखा (एफ.पी.एल.)को माथि भई मेडिकेड नपाएका तर सो रेखाको १३८% भन्दा मुनि भई “ओबामा-केयर” नपाएकाहरूलाई सहयोग गर्न विभिना राज्यले सङ्घीय गरिबी रेखाको १३८% सम्म मेडिकेड विस्तार गरेका छन् तर जर्जियाले गरेको छैन I

(१०) फुड-स्ट्याम्प
एक दमै न्यून आय भएका लाई पौष्टिक आहार दिलाउन यो कार्यक्रम आएको हो I यसले जतिनै काम भएन आय हेरेर “इ.बि.टि.” कार्डमा क्रेडिट हालिदिन्छ यो ६-६ महिनामा नवीकरण गर्नुपर्छ जसले गर्दा आय बढेको वा घटेको खण्डमा “क्रेडिट” घट्छ वा बढ्छ I यसले “मद्यपान/धूम्रपान” जन्य कुराहरू किन्न पाइँदैन I यसको लागि राज्य र काउन्टी अनुसार काम खोज्नु पर्ने, तालिम लिनु पर्ने, आदि हुनसक्छ I

(११) प्रश्नोत्तर
टेक्ससका भानु खरेलको प्रश्नमा उत्तर दिँदै वक्ताले मेडिकेड भनेको जुनसुकै बेला पनि आफ्नो आय खस्केर योग्य भएमा आवेदन दिन सकिन्छ भने I नर्थ क्यारोलाइनका सुमन बस्तीको प्रश्नमा वक्ताले मेडिकेड-मेडिकेयरमा हुनाले आफ्नो “क्रेडिट स्कोर” मा कुनै असर नपर्ने उत्तर दिए I जर्जियाका बाबुराम तिमिल्सिनाको प्रश्नमा वक्ताले आफ्नो परिस्थितिले गर्दा मेडिकेड वा फुड-स्ट्याम्पमा विगतमा रहेको इतिहास भए पनि “ग्रिन-कार्ड” नवीकरण गर्दा असर नपर्ने तर लगातार तेस्त कार्यक्रममा रहेको खण्डमा भने असर पर्न सक्ने कुरा राखे I न्यु-योर्क का पुनम थापाको प्रश्नमा वक्ताले गर्भवती महिलाले बच्चा जन्माएको ३ महिना सम्म सुविधा निरन्तर पाउने उत्तर दिए I यो सुविधाको लागि आफू बस्ने काउन्तिको “काउन्टी स्वास्थ्य विभाग” मा आवेदन दिए पुग्ने कुरा राखे I यसको लागि जुनसुकै “स्टेटस” भएनि फरक नपर्ने कुरा राखे I

(१२) आगन्तुकहरुको लागि
अमेरिकामा बाहिरबाट भ्रमण गर्न आएका आगन्तुकहरुलाई र मेडिकेड वा स्वास्थ्य बिमा नभएकाहरूलाई अस्पतालहरूले एउटै दर्जामा राखेर हेर्ने गर्छ I यदि ठुलो खर्च भएर बिरामीले तिर्न नसक्ने स्थिति भएमा अस्पतालले “सङ्घीय योग्य स्वास्थ्य केन्द्र (एफ.क्यु.एच.सी.)” कोषबाट सो खर्च भरपाई गर्दछ I

(१३) स्पोन्सर
आफू मेडिकेड वा फुड-स्ट्याम्प मा रहेको अवस्थामा अरूलाई (आमा,बुवा, इत्यादि) लाई ग्रिन-कार्ड स्पोन्सर गर्न नमिल्न सक्छ I

Referral Resources:
Atlanta Legal Aid
DeKalb/Gwinnett: 404-377-0701; Cobb: 770-528-2565; Fulton: 404-524-5811; Fulton/Clayton: 404-669-0233
POWERLINE or 1-800-300-9003 (Mother and children resources)
Benefits Hotline: 1-888-632-6332 (Counties outside Metro-Atlanta)

सम्बन्धित सामग्रीहरू