अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

सरकारले आगामी वर्षदेखि ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने

बिआरटीनेपाल २०७५ असार २५ गते ९:२६ मा प्रकाशित

सरकारले आगामी वर्षदेखि ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने जनाएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै जिल्लामा बिमा कार्यक्रम लागू गरिने जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको उनको भनाइ थियो । हाल स्वास्थ्य बिमा कार्यक्रम २३ जिल्लामा सञ्चालित छ ।

मन्त्री यादवले स्वास्थ्य उपकरण, औषधि तथा अन्य कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा योजनाबद्ध रूपमा काम गर्न लागेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू