अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

विश्वकप र खेलाडीको सेक्स लत

नयाँ पत्रिका दैनिक २०७५ असार १० गते २०:१७ मा प्रकाशित

सन् १९५८ मा स्विडेनमा भएको छैटौँ विश्वकपमा आफ्ना खेलाडीको ध्यान युवतीतर्फ केन्द्रित हुन सक्ने चिन्ता ब्राजिलका प्रशिक्षकको थियो । खेल अवधिभर खेलाडीको कुनै महिलासँग लसपस नहोस् भनेर उनीहरू बस्ने होटेलका युवतीलाई केही दिन अलग्गै स्थानमा राखिएको थियो ।

गत आइतबार विश्व च्याम्पियन जर्मनीलाई मेक्सिकोले पराजित गरेपछि मेक्सिकोका कोच जुआन कार्लोस ओसोरिओले आफ्नो समूह जितका लागि योग्य भएको भन्दै फुटबल टिमको मुक्तकण्ठले प्रशंसा गरे । विश्वकपका लागि रसिया आउनुपूर्व मेक्सिकोको फुटबल टोलीले स्वदेशमा खेलप्रेमीको खासै मन जितेको थिएन । बरु, आममानिसका माझ बदनाम बनेको थियो । एक महिनाअघि मात्र मेक्सिकोका राष्ट्रिय खेलाडी यौन स्क्यान्डलमा मुछिएका थिए ।

गसिप म्यागेजिन टिभी नोटासका अनुसार राष्ट्रिय टिमका ८ खेलाडीलाई इस्कर्टिङ गरेर मेक्सिको सिटीको एउटा सेक्स पार्टीमा सहभागी गराइएको थियो । विश्वकप प्रतियोगिताको पूर्वसन्ध्यामा भएको सो घटनाले धेरै फुटबलप्रेमीलाई दुखित बनायो । मेक्सिकोका खेलाडी फुटबलभन्दा पनि विपरीत लिङ्गीप्रति बढी रुचि राख्छन् भन्ने धारणालाई बल पुग्यो । ‘यौन स्क्यान्डलपछि खेलाडी आलोचित छन्,’ मेक्सिकोको खेलसम्बन्धी टेलिभिजन च्यानल टेलिभिसा डिर्पोटिजका पत्रकार अलोन्सो कार्बल भन्छन्।

यौन पार्टीमा पोर्चुगल स्पोर्ट क्लबका मिडफिल्डर हेक्टर हेरेर, मेक्सिकोका स्ट्राइकर राउल जिमिनेज र मेक्सिकोकै स्ट्राइकर जिओभानी डस सान्तोसलगायत खेलाडी सहभागी थिए । उनीहरूले २४ घण्टासम्म युवतीसँग रोमान्स गरे । स्क्यान्डल सार्वजनिक भएपछि त्यसमा संलग्न खेलाडीलाई विश्वकपबाट वञ्चित गर्नुपर्ने आवाज उठेको थियो । तर, खेलाडीमाथि सजाय हुनुको सट्टा मेक्सिको फुटबल महासङ्घले उनीहरूको ‘स्वतन्त्रता’को बचाउ गर्दै खेलाडी चोख्याउने प्रयास ग-यो।

मस्को पुग्ने बेलासम्म मेक्सिको खेलाडीको समूह आलोचित थियो । तर, मेक्सिको साबिक विजेता जर्मनीलाई १–० ले हराउँदै उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । एक महिनाअघि विवादमा तानिएका उनै खेलाडी सञ्चारमाध्यममा नायक बने । स्ट्राइकर हिर्भिङ लोजानाको जादुको चर्चाले स्क्यान्डल ओझेलमा प-यो ।

यस घटनाले विभिन्न अनुत्तरित प्रश्न खडा गरेको छ । विश्वकपजस्ता ठुला प्रतियोगितामा आफ्नो कुशलता प्रदर्शन गर्नुअघि खेलाडीलाई सेक्स कत्तिको आवश्यक पर्छ ? खेल खेल्नु अघिल्लो दिन खेलाडीले सेक्स गर्नु हानिकार छ वा यसको परिणाम सकारात्मक हुन्छ ? खेलाडीको सेक्स लतलाई उनीहरूका प्रशिक्षकले कसरी नियन्त्रण गरेका हुन्छन् ?

डेली स्टारका डेभिड रिभरका अनुसार ब्राजिलका स्टाइकर ग्याब्रियल जिससलाई उनको पहिलो विश्वकपमा पर्याप्त सेक्स गर्न सुझाव दिइएको थियो । ‘खेलअघि प्रशस्त यौन सम्पर्क गर,’ ब्राजिलकै सर्वाधिक गोलकर्ता रोमारिओले अर्ती दिएका थिए । जिससलाई सर्वाधिक गोल गर्न पनि रोमारिओले सुझाव दिएका थिए । 

सम्बन्धित सामग्रीहरू