अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

इन्टेरोस्कोपी प्रविधि र तत्सम्बन्धी विशेषज्ञ सेवा नेपालमै

आर पी मैनाली, काठमाडौँ २०७५ जेठ १० गते १२:४३ मा प्रकाशित

राष्ट्रकवि माधव घिमिरेको उपचारका लागि आवश्यक प्रविधि नेपालमा उपलब्ध नभएको र तत्सम्बन्धी विशेषज्ञ समेत नेपालमा अप्राप्य रहेको भन्दै सरकारी खर्चमै उपचारका लागि उहाँलाई भारत लगिने समाचारतर्फ हाम्रो ध्यानाकर्षण भएको छ ।

रोगको उपचार कहाँ र कसलाई गराउने भन्ने विषय सम्बन्धित बिरामी पक्षमा निर्भर रहने सर्वथा सत्य हो । तर तत्सम्बधित उपचार प्रविधि र विशेषज्ञ नेपालमा उपलब्ध छैनन् भन्नुमा कुनै सत्यता रहेको जानकारी गराउँदछौँ ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत तीन वर्षदेखि नै इन्टेरोस्कोपी प्रविधिको सफलतम प्रयोग गर्दै आएको छ र उक्त तथ्य राजधानीका तमाम पेट रोग विशेषज्ञहरु बाट छिपेको छैन ।

बिरामीलाई इन्टेरोस्कोपी प्रविधिको धेरै लामो समयको प्रयोग गरिरहेका ठुला हस्पिटलमा लगिएकोसम्म भन्नु चाहिँ युक्तिसंगत नै मान्नु पर्ने हुन्छ । तर प्रविधि नै उपलब्ध नभएको कारण विदेश पठाउनु परेको भन्नु तथ्यहीन छ । यस घटनाले विगतमा नेपालका तत्कालीन राष्ट्रिपतिलाई नेपालमा कोलोनोस्कोपी प्रविधि नभएको भन्दै जापानमा कोलोनोस्कोपी गर्न पठाइएको घटनालाई स्मरण गराएको छ ।

यस्तो हास्यास्पद कारण दर्साई नेपाली बिरामी जापान पुग्दा त्यहाँका पेटरोग विशेषज्ञ (ग्यास्ट्रोइन्टेरोलोजिस्ट)हरू बेस्सरी हाँसेका थिए । किनकि नेपालमा त्यसमा पनि देशकै राजधानीका कैयन स्वास्थ्य सेवा प्रदायक संस्थाहरू विगत लामो समयदेखि स्तरिय र विश्वसनीय कोलोनोस्कोपि सेवा उपलब्ध भइरहेको तथ्य उनीहरूलाई राम्ररी थाहा थियो ।

राष्ट्रकै एक अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था भएको कारण नर्भिकले नेपाली चिकित्सा इतिहासमा धेरै भन्दा धेरै नवीनतम प्रविधिहरू भित्रयउनमा अग्रणी हुने श्रेय पाएको छ । ती मध्ये नर्भिकको अत्याधुनिक र प्रविधिसम्पन्न पाचन प्रणाली उपचार केन्द्र पनि एक हो । उक्त केन्द्र सन २००४ मै सुव्यवस्थित भएको थियो, जसमा सबै खाले इन्डोस्कोपिहरु, शल्यक्रियात्मक सुविधाहरू र निदानात्मक सेवाहरू व्यवस्थित थिए । उक्त केन्द्रलाई सन २०११ मा पूर्णतया आधुनिकीकरण गर्दै अन्तर्राष्ट्रिय स्तरको केन्द्रको रूपमा रुपान्तरित गरिएको थियो । नर्भिकको उक्त पाचन प्रणाली उपचार केन्द्र हाल राष्ट्रकै एक मात्र सुव्यवस्थित र सुविधा सम्पन्न केन्द्र हो । यस अन्तर्गत नेपालकै प्रथम ग्यास्ट्रो इन्टेस्टाइनल इन्टेन्सिभ केयर युनिट (जी.आई.सी.यु) समेत रहेको छ ।

चार वर्ष पूर्व नै राष्ट्रमै सर्वप्रथम इन्डोस्कोपिक अल्ट्रासाउन्ड (ई. यु. एस) प्रविधिको सफलतम प्रयोग पश्चात् हालसम्म ३५० भन्दा बढी पेटका रोगीहरुको निदान र उपचार यस प्रविधिबाट गरिसकिएको छ ।

‘ब्लुन इन्टेरोस्कोपी’ प्रविधि पनि तीन वर्ष भन्दा केही समय पहिले नै नेपालमै सर्वप्रथम नर्भिकमा सुरु गरिएको थियो । उक्त प्रविधिबाट हालसम्म ५० भन्दा बढी अत्यन्त जटिल खालका सानो आन्द्राको रक्तस्राब समस्याहरू कारण पत्ता नलागेका सानो आन्द्रामा अन्य रक्तस्रावका समस्याहरू र सानो आन्द्राका विविध अर्बुद्ध रोगहरू पत्ता लगाई तिनको सफलतम उपचार समेत गरिसकिएको छ ।

सफलतम उपचार गरिएका बिरामीहरूमा नेपाली तथा विदेशीहरू समेत रहेका छन् । नर्भिकको पाचन प्रणाली उपचार केन्द्रमा सिद्धहस्त र समर्पित पेटरोग विशेषज्ञहरु, पेट रोग शल्यचिकित्सकहरु, एनएस थेसियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञहरू आदिको टोली सेवारत रहेका छन् । इन्डोस्कोपि लगायतका सेवाहरूमा समर्पित प्राविधिक कर्मचारीहरू र नर्सहरूलाई इन हाउस विशेषज्ञहरुको टोलीद्वारा निरन्तर तालिम प्रदान गरिन्छ ।

तसर्थ, यस्ता खाले चिकित्सा समस्याहरूको उपचारका लागि कुनै पनि नेपालीले विदेश धाउनु पर्ने अवस्था र बाध्यता नरहेको नर्भिकका वरिष्ठ चिकित्सक तथा पेट रोग विशेषज्ञ डा. मधु घिमिरे बताउनुहुन्छ ।

सम्बन्धित सामग्रीहरू