अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

घुँडाको जोर्नी फेर्ने स्थिति आइपर्नेमा जीवनशैली मुख्य कारक

आर पी मैनाली, काठमाडौँ २०७५ साउन ९ गते २१:५२ मा प्रकाशित

नर्भिक इन्टरनेशनल हस्पिटलले गत असार महिनाभर सञ्चालन गरेको घुँडा तथा कम्मरका जोर्नी समस्याले ग्रसित बिरामीहरूका लागि निःशुल्क जाँच शिविरमा आएका अधिकांश बिरामीहरूको मुख्य कारण अव्यवस्थित जीवनशैली पाइएको छ । शारीरिक निश्क्रियता, ज्यादा मोटोपन, बाथ, हर्मोन रोग आदिका कारणसमेत वयस्क महिला तथा पुरुष दुवैमा शरीरका हड्डीलगायत घुँडा तथा कम्मरका जोर्नीहरू खिइने गरेको पाइएको छ । शिविरमा आएका बिरामीहरू मध्ये हालसम्म दुई जनाले घुँडाको जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रिया गराइसकेका छन् भने थप दुई जना शल्यक्रियाको तयारीमा रहेका र एक दर्जनभन्दा बढीले शल्यक्रियाका लागि नाम दर्ता गराएका छन् ।

घुँडाको जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रिया गराइसकेका दुई बिरामीहरू शल्यक्रियाको दोस्रो दिनबाटै हिड्डूल गर्न थालेका र अव डिस्चार्ज हुने तयारीमा छन् ।

राजधानीमा जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रियाका लागि सरदर रु. ५ लाख भन्दा बढी खर्च लाग्ने भएता पनि नर्भिकको हाड–जोर्नी विभागले उक्त शल्यक्रिया चालू साउन महिनाभर रु. ३,५०,००० भित्रमा नै सम्पन्न गर्ने योजना बनाएको छ ।

उक्त प्याकेज शुल्कमा शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण निदानात्मक प्रक्रियाहरू, शल्यक्रिया, पोस्ट अपरेटिभ वार्ड र डिलक्स वार्डको साताव्यापी बसाई, सम्पूर्ण औषधिहरू, शल्यचिकित्सक एवम् नर्सिङ्ग सेवा र फिजियोथेरापी सेवासमेत समावेश छ ।

शिविरमार्फत नाम दर्ता गराई साउन महिनाभर शल्यक्रियाका लागि आउने तथा तत् सम्बन्धित अन्य बिरामीहरूले समेत उपरोक्त बमोजिमको अत्यन्त न्यून शुल्कको शल्यक्रिया सेवा प्राप्त गर्न सक्नेछन् ।

स्मरणीय छ, नर्भिकको हाड–जोर्नी विभागले सन् २००६ मै सफलतापूर्वक घुँडाको जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रिया गरेको भएता पनि यस खाले सहुलियतपूर्ण सेवा प्रदान गरेको यो पहिलो अवसर हो ।

सम्बन्धित सामग्रीहरू