अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहद्वारा नर्भिकको अत्याधुनिक एम.आर.आई. तथा सी.टी स्क्यान सेवा समुद्घाटित

आर पी मैनाली, काठमाडौँ २०७४ पुष १२ गते १०:१९ मा प्रकाशित

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो विद्यमान निदानात्मक सेवामा थप अत्याधुनिक सुविधासम्पन्न, प्रविधिसम्पन्न ३ टेस्ला एम.आर.आई. र विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी. स्क्यान मेसिन थप गरेको छ । थप एक अत्याधुनिक सी.टी. स्क्यान र अत्याधुनिक एम.आर.आई. सेवा थपिएपश्चात् नर्भिकले आफूलाई पूर्णतया न्युक्लिएर मेडिसिन सेन्टरका रूपमा परिणत गर्न सफल भएको छ । नव जडित उपर्युक्त सेवाहरूको समुद्घाटन आजै एक विशेष समारोहबीच पूर्व युवराज्ञी तथा समाजसेवी हिमानी राज्यलक्ष्मीदेवी शाहले गर्नुभएको हो ।

समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्य उपस्थित हुनुहुथ्यो । सद्भावनादूतद्वयका तर्फबाट हरिवंश आचार्यले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

निदरल्याण्डमा निर्मित 3OT इन्जेनिया एम.आर.आई.मा यसको (इन–बोर) सुरूङ्ग भित्र श्रब्य–दृश्य प्रणाली रहेको हुँदा बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, मनपर्ने भिडियो आदि सुन्न/हेर्न सक्नेछन् । त्यसरी नै एम.आर.आई. प्रक्रियाको चित्र अति विशिष्ट र सुस्पष्ट त हुन्छ नै बिरामीको सेवा/आरामदायितामा पनि यो अतुलनीय रहेको हुँदा यसखाले एम.आर.आई. नेपालमै पहिलो हुनेछ ।

अप्रिय/डरलाग्दो आवाज र झन्झनाहट नै एम.आर.आई. गराउने तमाम बिरामीहरूले भोग्दै आएको समस्या हो । यसखाले एम.आर.आई.को सुरुङ्गभित्र झन्झनाहट र अप्रिय आवाजको सट्टा सुमधुर सङ्गीत र मनमोहक भिडियो (श्रब्य–दृश्य) प्रणाली हुनु र यसखाले समस्या रहित विश्वकै पहिलो एम.आर.आई. भएका कारण बिरामीले त्यस्ता समस्या भोग्नुपर्ने वा डराउनुपर्ने समस्या अब छैन । यसमा निरन्तर श्रब्य–दृश्य हुने भएको हुँदा एम.आर.आई. गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनौटको सङ्गीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेका छन् । यो प्रणालीमा सामान्य एम.आर.आई.मा उत्पन्न अप्रिय ध्वनि भन्दा झन्डै ८०% कम (ध्वनि) आवाज उत्पन्न हुनेहुँदा बिरामीले डराउने प्रश्नै उठ्दैन ।

यस एम.आर.आई. प्रणालीमा रहेको स्वचालित आधुनिक (निर्देशक गर्ने बोली) भ्वाइसले बिरामीलाई श्वास–प्रश्वास रोक्ने, एम.आर.आई. टेबुलको चालबारे बताउने आदि गर्ने हुँदा स्क्यान गर्ने अवधि बदाईदिने र बिरामीको आरामदायिता तथा एम.आर.आई. प्रति तिनको सहयोग पनि बदाउने हुँदा यसलाई पूर्ण आरामदायी मानिएको छ ।

आजै समुद्घाटित इमेजिङ्ग सेवा अन्तर्गत विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक १२८ स्लाइसको सी.टी. स्क्यान सेवा पनि समावेश छ । उक्त सी.टी. स्क्यानमा ुष्म्यकभद्धु प्रणाली रहेको हुँदा त्यसलाई विश्वकै उत्कृष्ट मध्येको एक मानिएको हो । यस सी.टी. स्क्यानमा अन्य सामान्य सी.टी. स्क्यानको तुलनामा एक्स–रेको विकीरण ८०% ले कम हुने, उत्कृष्ट फोटो गुणस्तरका साथ अन्य थुप्रै अत्याधुनिक विशेषताहरू रहेका छन् । यसले मुटु, मस्तिष्क, मांशपेशी, अस्थीपञ्जर आदि सबै प्रणालीको खराबी÷रोग पत्ता लागउन सर्वोत्कृष्ट भूमिका निभाउँदछ ।

समुद्घाटन समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक श्रीमती मेघा चौधरी शाक्यले हस्पिटलले आगामी पाँचवर्षभित्र सम्पन्न गर्ने विविध सेवा विस्तार योजना बारे प्रकाश पारिन । त्यसरी नै नर्भिकका स्नायुरोग विशेषज्ञ तथा चिकित्सा निर्देशक डा. पङ्कज जलानले आजै समुद्घाटिन अत्याधुनिक एम.आर.आई. तथा सी.टी. स्क्यान सेवाको अत्याधुनिक एवम् वैज्ञानिक विशेषताहरूबारे व्याख्या गरे ।

नर्भिकका सद्भावनादूतद्वयका तर्फबाट वरिष्ठ कलाकार हरिवंश आचार्यले सो समारोहमा आफ्ना विचार राखे । सो अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटल तथा लक्ष्मी बैङ्कद्वारा संयुक्तरुपमा सुरुवात गरिन लागिएको “नर्भिक–प्रिमिलेज डेविट कार्ड”को समेत शुभारम्भ गरियो ।

लक्ष्मी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले “नर्भिक प्रिभिलेज डेबिट कार्ड”को आवश्यकता उपादेयता, उद्देश्य, सेवा, प्रयोग र सुविधा बारे विस्तृत खाका प्रस्तुत गरे ।

“नर्भिक प्रिभिलेज डेविट कार्ड” प्राप्त गर्ने महानुभावलाई नर्भिकले विविध स्वास्थ्य परीक्षण प्याकेजहरू, रेडियोलोजी सेवा, प्रयोगशाला सेवा, शल्यक्रिया तथा अन्य प्रक्रियाहरू, नन्–इन्भेसिभ कार्डियोलोजी सेवा, सी.टी. ÷ एम.आर.आई. र म्यामोग्राम सेवा तथा शय्या शुल्कमा समेत छुट उपलब्ध गराउनेछ ।

समारोहमा हस्पिटलका अध्यक्ष वसन्त चौधरीले प्रमुख अतिथि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहलाई प्रशंसा–पत्र अर्पण गरेका थिए ।

 

सम्बन्धित सामग्रीहरू