अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

रुक्माङ्गगत कटवाल ट्रस्टद्वारा निशिुल्क स्वास्थ्य शिविर सम्पन्न

मदनकृष्ण सिलवाल, काठमाडौँ २०७५ वैशाख २९ गते १४:१० मा प्रकाशित

समाजमा व्यस्त गरिबी र बेरोजगारको एक कारण ती वर्गको शिक्षामा सहज पहुँच पुग्न नसक्नु हो भन्ने परिकल्पनाका साथ जीवनपयोगी शिक्षामा केन्द्रित रही स्थापित रुकमाङ्गद कटवाल ट्रष्टले आज (वैशाख २९ गते) निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । भद्रकालीस्थित आर्मी अफिर्सर क्लबमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा ट्रष्टले सो शिविरको आयोजना गरेको हो ।

सो शिविरको उपचार गर्नको लागि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषतः डा. सुदीप श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सिकहरुले सहयोग पु¥याउनुभएको थियो । सैनिक वीरगति तथा एकल महिला समूहमा करिब २५८ जना एकल महिलाहरूलाई लक्षित गर्दै सो शिविर आयोजना गरिएको ट्रस्टका सचिव जगत् कटुवालले बताउनुभयो ।

‘नेपाल क्यान्सरविरुद्धको अभियानमा विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै हामीले काम गर्ने क्रममा रुकमाङ्गद कटवाल ट्रष्टसँग सहकार्य गर्दै आज यहाँ आइरहेको हौँ । मुलतः हामीले सैनिक वीरगति तथा एकल महिला समूहका महिलाहरूलाई लक्षित गर्दै हामीले निःशुल्क चेकजाँच गरेका छौँ ।’ ‘क्यान्सरदेखि डराउने होइन, जचाउने’ भन्ने नाराका साथ अघि बढेका छौँ । यसबाट समाजमा पनि क्यान्सर रोगसम्बन्धी नकारात्मक सोचाइको अन्त्य गर्ने लक्ष्यका साथ हामी अभियानको मुख्य उद्देश्य पनि हो ।’ क्यान्सर विशेषज्ञ डा. सुदीप श्रेष्ठले बताउनुभयो ।

‘हामीले विशेषगरी प्राविधिक शिक्षामा जोड गरी काम गर्ने योजनाका अघि सारेका छौँ, सोको लागि ट्रस्टमा सहयोग राशि बढाउनको लागि सबैलाई सदस्यताको लागि अपिल गरेका छौँ, जसले विनास्वार्थ हाम्रो भावनालाई स्वीकार्छ त्यस्ता व्यक्तिलाई सदस्यता प्रदान गर्दै हामीले सामाजिक कार्यमा अग्रसर भई लाग्दछौँ । गत २०७२ सालको भूकम्पमा पनि काभ्रे र गृहजिल्ला ओखलढुंगामा रुकमाङ्गद कटवाल ट्रस्टको पलहमा भुकम्पपीडित परिवारहरूलाई सानो सहयोग प्रदान गरेका थियौँ’ ट्रस्ष्टका अध्यक्ष रुकमाङ्गद कटवाल कुराकानीको क्रममा बताउनुभयो ।

गत शनिवार रुक्दमाद कटवाल ट्रस्टले आयोजना गरेको कार्यक्रममा ३८ जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । नेपाली सेनाका प्रधानसेनापति दिपेन्द्रकुमार क्षेत्रीको प्रमुख आतिथ्यमा आर्मी अफिसर क्लबमा सम्पन्न भएको थियो ।

सो अवसरमा सशस्त्र प्रहरीको आइजीपी शैलेन्द्रकुमार खनाल,राष्ट्रिय अनुसन्धान विभागका देविराम शर्मा, पूर्व प्रधानसेनापति मोतीलाल बोहरा, शैलेन्द्रकुमार श्रेष्ठलगायत पूर्व रथी, पूर्व आइजीपी र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रा. जीतेन्द्रध्वज खनाल, पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनी, प्रा.डा. सुरेन्द्र केसी, प्रो. कमल रेग्मी, प्रो विनोद थापा लगायतका गरीमामय उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा महानायक राजेश हमाल, कलाकार जितु नेपाल र श्रीकृष्ण सिंखडा लगायतको समेत गरिमामय उपस्थिति रहेको थियो ।
(तस्बिर: समीर खड्का)

सम्बन्धित सामग्रीहरू