अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

आधासत्यको सार्वजनिकीकरण राजधानीमा

मदनकृष्ण सिलवाल, काठमाडौँ २०७५ असार ११ गते १७:२१ मा प्रकाशित

नेपाली साहित्य श्रीवृद्धिको कार्यमा सहयात्री दर्पण नेपाल कोसेढुंगा साबिक हुने धारणा सामान्य प्रकाशन तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले राख्नुभएको छ । राजधानीमा असार ९ गते शनिवार आयोजित एक कार्यक्रमबिच मन्त्री सहयात्री दर्पण, नेपाल नामक संस्थाको समुद्घाटन गर्दै मन्त्री पण्डितले उक्त धारणा राख्नुभएको हो । सो अवसरमा उपन्यासकार भगवती ढुङ्गेल द्वारा लिखित लिखित उपन्यास ‘आधासत्य’को मन्त्री पण्डितले लोकार्पण गर्नुभएको थियो ।

सो अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल, वरिष्ठ साहित्यकार माया ठकुरी, वरिष्ठ साहित्यकार तथा पत्रकार मोहन दुलाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

सो अवसरमा लोकार्पण गरिएको पुस्तक ‘आधासत्य’ का बारेमा बोल्नुहुँदै वरिष्ठ साहित्यकार माया ठकुरीले भन्नुभयो–‘उपन्यासका क्षेत्रमा नारी लेखन दिनप्रतिदिन बढ्नु राम्रो कुरा हो । प्रवासमा रहेर अनेकन बाधाअड्चनको सामाना गर्दै लेखन यात्रालाई अङ्गाल्नु चानचुने कुरा होइन भन्दै आधासत्यकी लेखिकालाई धन्यवाद दिनुभयो । त्यस्तै, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले नेपालीको झापामा जन्मेकी चेलीले देशविदेशमा पुगेर पनि साहित्य र संस्कृतिलाई बिर्सनु हुँदैन भनेर आधासत्य सिर्जना गरेकोमा बधाई दिँदै साहित्यका अतिरिक्त सामाजिक सेवा कार्यक्रम अगाडि बढ्नको लागि भगवती ढुङ्गेल लाई शब्द शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै, वरिष्ठ साहित्यकार मोहन दुवालले महिला स्रष्टा र साहित्यकारहरूको आगमनले नेपाली साहित्य वाङमय अझै धनी हुने कुराको जोड दिँदै निरन्तर रूपमा लागिप¥यो भने मात्रै साहित्यमा गतिशीलता देखिन सकिन्छ भन्ने धारणा राख्दै उपन्यकार भगवती ढुङ्गेललाई शुभकामना दिनुभयो । साथै, उहाँले नव प्रतिभा एवं स्रष्टाहरूको लेखन प्रकाशन कार्यक्रम टेवा पु¥याउने कार्यमा सहयात्री दर्पण नेपाल र त्यसका अध्यक्ष गोविन्द कँडेल आँसुलाई समेत धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  सो अवसरमा पारी विभिन्न स्रष्टा तथा समाजसेवी, सञ्चारकर्मी एवं संस्थाका आजीवन सदस्यहरूलाई सम्मानित गरिनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा रङ्गकर्मी पुरु लम्साल, पत्रकार तथा सर्जक मदनकृष्ण सिलवाल, युवा गायक मानव कालुङ, प्राकृतिक चिकित्सा व्यवसायी विनोदकुमार भण्डारी, महिला उद्यमी एवं समाजसेवी विना कुम्पाख, युवा खेलाडी सपना ढकाल लगायत सम्मानित भएका छन् ।

साहित्यिक मनहरूको सङ्गमको रूपमा सहयात्री दर्पण नेपाललाई हामीले स्थापना गरेका हौँ, जो स्वदेश र विदेशमा रहेर सिर्जना गरिरहनुभएका छ, त्यस्ता व्यक्तिहरूलाई समाहित गराउँदै उहाँहरूकै सिर्जनालाई सम्पादन प्रकाशन गर्ने कार्यमा सहयात्री दर्पण नेपालले एउटा सहकार्य गर्दै आगामी दिनमा अघि बढ्नेछ र यसमा समाहित हुन चाहनुहुनेहरुलाई सदैव आव्हान गर्दै प्रथम पुस्तक रूपमा भगवती ढुङ्गेल को पुस्तक प्रकाशन गर्न पाउँदा सहयात्री दर्पण नेपाल परिवार खुसी भएको बताउँदै सम्पूर्ण लागि धन्यवाद ज्ञापन सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल आँसुले भन्नुभयो ।

हालै स्थापित यस संस्थाका अध्यक्ष गोविन्द कडेलआँसु (काभ्रे) हुन् भने उपाध्यक्षमा भगवती ढुङ्गेल (झापा) हुनुहुन्छ भने अन्य २५ जना आजीवन सदस्यहरू बनिसकेका छन् । नामावली यस प्रकार रहेको छ –

१. गोविन्द कडेलआँसु (काभ्रे )
२. भगवती ढुङ्गेल ( झापा )
३. दुर्गा काफ्ले ( दमक )
४. लक्ष्मी चौधरी ( बीराटनगर )
५. अम्बिका अधिकारी ( काठमाडौँ )
६. सरस्वती अधिकारी प्याकुरेल ( इजरायल )
७ .बिमला थापा ( ताप्लेजुङ )
८. बिन्दा सत्याल कार्की ( इजरायल )
९. देवी गौतम ( अमेरिका )
१०. सपना ढकाल ( काभ्रे )
११.लक्ष्मी न्यौपाने ( पाटन )
१२.सुमित्रा पाठक ( साइप्रस )
१३. मिरा न्यौपाने ( काठमाडौँ )
१४. जमुना श्रेष्ठ बज्राचार्य ( काभ्रे )
१५. सीता कार्की ( इटहरी )
१५. लक्ष्मी ढकाल ( इजरायल )
१६. पुनम पाठक (अमेरिका )
१७ जमुना श्रेष्ठ बज्राचार्य ( ललितपुर )
१८ .प्रकृति बुढाथोकी ( काठमाडौँ )
१९ मदनकृष्ण सिलवाल ( काभ्रे )
२० यस राजकुमार श्रेष्ठ (काठमाडौँ )
२१. मानव कालुङ (पाल्पा )
२२. विनोदकुमार भण्डारी ( काठमाडौँ )
२५. बिना कुम्पाख (काठमाडौँ )

सम्बन्धित सामग्रीहरू