अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

पशुपतिको निषेधित क्षेत्रमा गाडी लगेपछि मन्त्रीले माफी मागे

अन्नपूर्ण पोष्ट २०७५ वैशाख ११ गते १९:२५ मा प्रकाशित

काठमाडौँ: विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रमा गाडी लगेपछि आलोचित भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्‍द्र अधिकारीले माफी मागेका छन् । मन्त्री अधिकारीले प्रयोग गर्ने सरकारी गाडी पशुपति क्षेत्रको सवारी निशेधित क्षेत्रमा प्रवेश गरेको कुरा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकार गरेको छ ।

मन्त्री अधिकारीको स्वकीय सचिवालयले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै पशुपति क्षेत्रमा गाडी लानु गल्ती भएको  स्वीकारेको हो । मन्त्री अधिकारीका प्रेस संयोजक ध्रुव पोख्रेलले जारी गरेको विज्ञप्तिमा पानी परिरहेको समयमा पशुपति क्षेत्रलाई मगन्ते निषेधित क्षेत्र घोषणा गर्न जाँदा भूलवश गाडी प्रवेश गरेको जनाइएको छ । 

मन्त्री अधिकारी पशुपतिनाथमा चैत २० गते पुग्दा पानी परिरहेको जनाउँदै विज्ञप्तिमा त्यहीबेला मन्त्रीको गाडी निषेधित क्षेत्रमा प्रवेश गरेकोमा मन्त्रालयले कमजोरी भएको स्वीकार गरेको हो । विज्ञप्तिमा यस घटनालाई गम्भीर भन्दै आगामी दिनमा यस्ता कमजोरी नगर्ने बाचा गरिएको छ । यसअघि मन्त्री अधिकारीको गाडी निषेधित क्षेत्रमा पसेको भन्दै फेसबुक सहितका सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।  

सम्बन्धित सामग्रीहरू