अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

नेपाली चलचित्र ‘भीमसेन’ बन्ने

गीता अधिकारी, काठमाडौँ २०७४ फागुन २९ गते ८:३८ मा प्रकाशित

चलचित्र ‘भीमसेन’ बन्ने भएको छ । मङ्गलवार राजधानीमा एक कार्यक्रमबिच यो चलचित्रको घोषणा भएसँगै चलचित्र बन्ने भएको हो । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुति चलचित्र ‘भीमसेन’ कमेडी, लभ र एक्सनप्रदान रहने निर्माणपक्षले जनाएको छ । भोमान कटुवालको निर्देशनमा बन्न लागेको यो चलचित्रको निर्माता कला राई रहेकी छन् ।

चलचित्रमा राजु किराती राईको द्वन्द्व निर्देशन, राजन ढुंगेलको संवाद, भोमन कटुवालको कथा, पवन गौतमको छायाङ्कन, अनिल महर्जनको सम्पादन र ओम सुनुवारको सङ्गीत रहने छ ।

सङ्गीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्रकुमार राईलगायतका कलाकारको अभिनय रहने यो चलचित्रमा अन्य कलाकारको छनोट भइरहेको भोमान कटुवालले बताए ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, वितरक गोपालकाजी कायस्थ, चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारी, चलचित्र निर्माण युनिट, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थितिमा चलचित्रको शुभ मुहूर्त समेत गरिएको थियो ।

चैतको पहिलो हप्ताबाट छायाङ्कन गरिने चलचित्रलाई काठमाडौँ आसपासका क्षेत्रमा छायाङ्कन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू