अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

नेपालद्वारा हङकङ ५ विकेटले पराजित

बिआरटीनेपाल २०७४ फागुन २८ गते ९:१६ मा प्रकाशित

रोहितकुमार पौडेलले र सोमपाल कामीले छैठौं विकेटका लागि उल्लेख्य साझेदारी गरेपछि जिम्बाबेमा जारी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत समुहचरणको अन्तिम खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । योसँगै नेपालले आईसीसी वान डे क्रिकेटको मान्यता पाउने सम्भावना बलियो बनाएको छ । जितसँगै नेपाल २ अंकमा समुह बीको चौथो स्थानमा उक्लिएको छ । रन रेटमा पछि पर्दै हङकङ समुह बीबाट आयोजक जिम्बावे, स्कटल्याण्ड र अफ्गानिस्ताले सुपर सिक्समा स्थान बनाएका छन् । प्लेअफमा नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ ।  हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ४० ओभर ४ वलमा ५ विकेट गुमाएर भेट्टाएको हो । ६६ रन जोड्दा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहित र सोमपालले छैठौं विकेटका लागि ८९ रनको उल्लेख्य साझेदारी गरेका थिए । रोहित ४८ र सोमपाल ३७ रनमा नटआउट रहे । विगतमा झै आज पनि नेपालका अघिल्ला क्रमका ब्याट्सम्यानहरु सस्तैमा आउट भएपछि एक समय नेपाली इनिङ्स संकटमा परेको थियो । अनिलकुमार साह २६, ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी समान १२, पारस खड्का ११ र आरिफ शेख २ रनमा आउट भएका छन् । ऐजज खान र ईशान खानले समान २–२ विकेट लिएका छन् ।  यसअघि नेपाली वलरले कसिलो बलिङ गरेपछि बुलाबाओमा टस जितेर ब्याटिङ गरेको हङकङ ४८ ओभर २ वलमा १ सय ५३ रनमा अलआउट भएको थियो । हङकङलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले समान २–२ तथा सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिए । निजाकत खानले सर्वाधिक ४७ रन बनाएको हङकङको इनिङ्समा इशान खानले २५ र क्याप्टेन बाबर हायतले २० रन जोडे । ६ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । आफ्नो स्पेलमा लामिछानेले चार ओभर मेडन राख्दै १७ रन मात्र खर्चिए भने समान ४ ओभर मेडन राखेका रेग्मीले २४ रन दिए ।

http://bit.ly/2FM1A5B

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू