अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

सहमति पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७४ फागुन २२ गते ९:३७ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बिच नेपालमा सडक सुरक्षा सम्बन्धी ज्ञान र सीपलाई आदान प्रदान गर्ने, गैर आवासीय नेपालीहरूको सडक सुरक्षा सम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षा काममा प्रयोग गर्ने, सडक सुरक्षा कार्यमा सहकार्य गर्ने जस्ता बुँदाहरू समेटेको सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा सङ्घका तर्फबाट अध्यक्ष भवन भट्टले र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हस्ताक्षर गर्नु भयो । सहमति पत्र अन्तर्गत सडक सुरक्षा सम्बन्धी ज्ञान र सीपको आदान प्रदानका साथै सडक सुरक्षा बढाउने उद्देश्य नै एक डेमोस्ट्र्सन परियोजना सञ्चालन गर्ने सोच गैर आवासीय नेपाली सङ्घको रहेको छ । स्मरण रहोस् गैर आवासीय नेपाली सङ्घले सडक सुरक्षा सम्बन्धमा नै नेपाल इन्जिनयर्स एसोसिएसन सँग सहमति पत्रमा हस्ताक्षर गर्नुका साथै सङ्घले सडक सुरक्षा सम्बन्धी एक उपसमिति नै गठन गरी काम अघि बढाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू