अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

गजल मुशायरा तथा रचना वाचनद्वारा श्रष्टाहरुसंग साहित्य संवाद तथा रचना वाचन कार्यक्रम

बिआरटीनेपाल २०७४ फागुन २१ गते १०:४२ मा प्रकाशित

सिड्नी, गत मार्च ४ तारिकका दिन गजल मुशायरा तथा रचना वाचन सिड्नीको संयुक्त आयोजनामा साहित्य संवाद तथा रचना वाचन कार्यक्रम रक्ड़ेल स्थित एभरेष्ट तन्दुरी फंग्सनमा सम्पन्न भयो|कार्यक्रमको सञ्चालन सुरेन्द्र दवाडीले गर्नु भएको थियो|सोही कार्यक्रमको प्रथम चरणमा सिड्नीका सर्जकहरूबाट रचना वाचन पनि समापन भयो |रचना वाचन गर्नेहरुमा आदर्श खत्री,प्रकाश सिंह,श्वेता मैनाली,ओमराज अधिकारी,सिर्जना थापा,सुरेन्द्र दवाडी,जितेन्द्र मल्ल,अभियन्ता दवाडी हुनुहुन्थ्यो |

कार्यक्रमको दोस्रो चरणमा आचार्य प्रभा तथा अनुपमा रोशीलाई बोध विक्रम दवाडीज्युले खादा ओढाएर स्वागत गर्नु भएको थियो भने कार्यक्रमको प्रथम चरणमा गजल मुशायराका संस्थापक तथा गजलकार जितेन्द्र मल्लले आचार्य प्रभासँग केही साहित्य संवाद गर्नु भएको थियो |उक्त संवादको अन्त्यमा आचार्य प्रभाले रचना गर्नु भएको थियो | सोही क्रममा दोस्रो संवादमा सुरेन्द्र दवाडीले सर्जक अनुपम रोशी सँग साहित्य संवाद गर्नु भयो भने अनुपम रोशीले पनि आफ्ना केही रचनाहरू वाचन गर्नु भएको थियो | उक्त कार्यक्रममा सिड्नीका गायक ईश्वर पोख्रेल,रुपन्देही सामाजिक सञ्जालका कृष्ण गैरे,नारी निकुन्ज अष्ट्रेलियाकी सन्ध्या शाह र डार्बिन हार्बरका सर्जक तथा कवि गजलकार निष्प्रभ सजीको पनि उपस्थिति रहेको थियो |कार्यक्रमको तेस्रो चरणमा जितेन्द्र मल्लले आचार्य प्रभा र अनुपम रोशीलाई मायाको चिनो दिएर कृतज्ञता प्रकट गर्नु भएको थियो |

कार्यक्रमको सुरुवात केही ढिलो भए पनि कार्यक्रम छोटो मीठो र रोचक भएको थियो| कार्यक्रमको अन्त्यमा गजल मुशायराका संस्थापक जितेन्द्र मल्लले स्थान उपलब्ध गराई दिनु हुने एभरेष्ट तन्दुरी फंग्सनका संचलाकप्रति अनुगृहित बन्दै सम्पूर्ण उपस्थित हुने सर्जक /श्रोताहरूलाई धन्यवाद दिनु हुँदै कार्यक्रमको विसर्जन गर्नु भएको जानकारी दिनु भएको थियो | 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू