अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

प्रेम दिवसको अवसरमा गायक दिपु न्यौपाने ‘बि माई भ्यालेन्टाईन’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २७ गते २:१२ मा प्रकाशित
प्रेम दिवस (भ्यालेन्टाईन डे) नजिकिंदै गर्दा गायक दिपु न्यौपानेले रोमान्टिक गीत ‘बि माई भ्यालेन्टाईन’ गीत ल्याएका छन् ।  सङस् नेपालको यूट्यूव मार्फत सार्वजनिक भएको ‘वि माई भ्यालेन्टाईन’ सार्वजनिक गरिएको छ ।
सुनिल थापाको म्यूजिक रहेको उक्त गीतको एरेन्जर फडिन्द्र राई छन् । अमृत केसी र स्नेहा शर्माको फिचरिङरहेको गीतको सहायक निर्देशकमा पनि अमृत केसी नै छन् ।
श्रीराज ईन्टरटेनमेन्टको उत्पादन रहेको गीत राजीव बलामीले निर्देशक गरेका हुन् ।  युगल जोडीको साँचो प्रेमको बास्तविक कथा गीतमा उनिएको छ । भ्यालेन्टाईन केक काटेर  गुलाफ साटासाट गरी उनीहरुले औंठी साटेरै भ्यालेन्टाईन मनाएको दृष्य फिचरिङमा छ  ।

 

प्रतिक्रिया