अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

ताइवान भूकम्पको उद्धारकार्य जारी

रासस/सिन्ह्वा २०७४ माघ २६ गते ६:३३ मा प्रकाशित

ताइवान, ताइवानमा गत बुधवार बिहान गएको शक्तिशाली भूकम्पको उद्धारकार्य जारी रहेको बताइएको छ ।

भूकम्प गएको ६० घण्टापछि पनि एक भवनको भग्नावशेषमा फसेर रहेका सात व्यक्तिको उद्धारको लागि ठुलो सङ्ख्याका उद्धारकर्ताहरुले काम गरिरहेका जानकारी दिएका छन् ।

तालिवानको हुवालिन सहर प्रभावित हुनेगरी सो भूकम्प गएको थियो । सो भवनको भग्नावशेषमा फेसेका सात व्यक्तिमा पाँच ताइवानी र एक क्यानाडाली छन् । अर्का एकको परिचय खुलेको छैन ।

यस भूकम्पमा परी दश जनाको ज्यान गएको छ भने अरू २७६ नराम्ररी घाइते भएका बताइएको छ । बुधवार बिहान गएको सो भूकम्प ६.५ रिक्टर स्केलको थियो ।

त्यस भूकम्पले ठुलो भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ । अझ पनि विस्तृत विवरण भने प्राप्त हुन नसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।

अझ पनि भूकम्प प्रभावित क्षेत्रमा उद्वारको कार्य जारी रहेकोले क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको बताइएको छ ।

उद्वारका लागि ठुलो सङ्ख्याका प्रहरीले प्रयास जारी राखेका बताइएको छ । अधिकारीले भूकम्पपछिको उद्वार तथा राहातका लागि ठुलो सङ्ख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएइको थियो । 

सम्बन्धित सामग्रीहरू