अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

क्यालिफोर्नियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

रासस/सिन्ह्वा २०७४ पुष ३० गते १०:१५ मा प्रकाशित

लस एन्जेलस, अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । उद्वारकर्ताहरुले पहिरो गएको ठाउँमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरूले शनिवार जानकारी दिएका छन् । बेला बेलामा मौसममा बदली भईरहेकाले उद्धारकार्यमा कठिनाइ भइरहेको छ । पहिरोमा परी अहिले पनि ५ जना हराइरहेका छन् ।

अमेरिकाको पश्चिमी तटीय क्ष्ोत्रमा भारी वर्षापछिको कडा हावाको कारण क्षति भएको बताइएको छ । पहिलोका कारण ६५ ओटा घर क्षतिग्रस्त भएका छन् भने अरू ४६२ ओटा घरमा दीर्घकालीन असर परेको छ । 

सम्बन्धित सामग्रीहरू