अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९
| Colorodo: 03:04
भगवान् गौतम बुघ्दको जन्म नेपालमा भएको हो भन्ने कुरालाई एकै स्थानबाट एकै समयमा एकै पटक ७५ हजार व्यक्तिले बुघ्दको धम्मपद पढेर विश्व कृतिमान कायम गर्ने प्रयास भैरहेकोछ ।
यसका लागी विश्व कृतिमानी परिषद् नेपालले आगामी फागुन १९ गते काठमाण्डौको टुँडिखेलमा एक कार्यक्रमको आयोजना गर्न लागेको छ । विश्व कृतिमानी परिषद् नेपालका उपाघ्यक्ष एंब पहिलो नेपाली विश्व कृतिमानी प्रतिष्ठा अमात्य विष्टले राष्ट्रिय गौरव सँग गासिएको यस विषयमा सबै नेपालीहरूबाट सक्रिय सहयोग र सहभागिता हुने अपेक्षा गरिएको बताउनु भयो । सन् २००४ मा बिलक्क्षण स्मृति शक्ति प्रस्तुत गरेर प्रतिष्ठा अमात्य विष्टले विश्व कृतिमान बनाउनु भएको थियो ।
यस अघि भारतले एकै ठाउँमा एकै पटक एउटा कविको कविता ४६हजार ६सय ६०जनाले वाचन गरेर सन् २०१४मा विश्व कृतिमान कायम गरेको थियो।