अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

दक्षिण अफ्रिकी ज्याज संगीतका पिता ह्यु मासकेलाको निधन

बिआरटीनेपाल २०७४ माघ १० गते ६:५४ मा प्रकाशित

दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको जोहानेस्बर्गस्थित एक अस्पतालमा निधन भएको छ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो । 

लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

अफ्रिकी पहिचानको पृथक ‘ज्याज धुन’का लागि र ‘सोएटो ब्लुज’जस्ता चर्चित गीतहरूबाट मासकेलाले विश्वव्यापी ख्याति कमाउनु भएको थियो । उहाँको सन् १९७७ मा सार्वजनिक ‘सोएटो ब्लुज’ बोलको गीत रंगभेद विरोधी आन्दोलनको पर्याय नै बनेको थियो । 

मासकेलालाई दक्षिण अफ्रिकाको ज्याज संगीतका पिता मानिन्छ । (रासस)

प्रतिक्रिया