अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

‘रेडियो कान्तिपुर नेशनल म्यूजिक अवार्ड’ माघ २६ मा – उत्कृष्ट ५ मनोनयन सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ ६ गते ७:३४ मा प्रकाशित

आफ्नो २० औं बार्षिकोत्सवको उपलक्ष्मा रेडियो कान्तिपुरले रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । आज राजधानिको होटल सोल्टीमा पत्रकार सम्मेलन गर्दै रेडियो कान्तिपुर परिवारले अवार्ड आयोजनाको जानकारी दिंदै ५ उत्कृष्ट मनोनयन सुची
सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसीले यो वर्षदेखि संगीतकर्मीहरूलाई म्युजिक अवार्डका रूपमा पुरस्कृत गर्न लागिएको बताउँदै अवार्डका लागि २०७३ साल साउन १ गतेदेखि २०७४ साल असार मसान्तसम्म सार्वजनिक भएका गीत तथा एल्बमका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिने जानकारी दिएका छन् जसमा संगीतका १७ बिधा साथै उत्कृष्ट ३ बिज्ञापन एजेन्सीलाई पुरस्कृत गरिने छ ।

डिसीका अनुसार नेपाली सांगीतिक क्षेत्रमा बिशिष्ट योगदान पुर्याउने ब्यक्ती, समुह वा संस्थालाई रेडियो कान्तिपुरले बर्षेनी प्रदान गर्दै आएको लाईफ टाईम एचिभमेण्ट अवार्ड यो बर्ष अवार्ड समारोहमा प्रदान गरिने छ । जसको पुरस्कार राशी १ लाख रुपैंया रहेको छ ।

अवार्ड प्रदान गरिने बिधामा उत्कृष्ट नव गायक गायिक, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीत निर्देशक,उत्कृष्ट लोक दोहोरी गायक तथा गायिका, उत्कृष्ट पाश्र्व गायक र गायिक, उत्कृष्ट सांगतिक समुह तथा उत्कृष्ट आधुनिक गायक गायिका लगायत रहेका छन् ।
त्यस्तै स्रोताको सहभागिताका आधारमा प्रदान गरिने पिपल्स च्वाईस अवार्डका लागि एसमएस मार्फत प्राप्त भोटका आधारमा अवार्ड प्रदान गरिने छ ।

एम आई मोवाईल टाईटल स्पोन्सर रहेको यस अवार्डमा रुस्लान म्युजिक, मेरो जब, एईसिसि ग्लोवल, सोल्टी क्राउन प्लाजा, नेपाल मेडिसिटी, नेपाल टेलिकम लगायतका कम्पनी तथा संघ संस्थाको सहकार्य रहेको छ ।

उत्कृष्ट ५ मनोनयन सुची

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू