अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

गुण्डा नाईके तथा प्रदेशसभा सदस्य दीपक मनाङेलाई ५ वर्ष काराबास सजाय

बिआरटीनेपाल २०७४ माघ ४ गते ९:०१ मा प्रकाशित

गुण्डा नाईकेको परिचय बनाएका प्रदेशसभा सदस्य दीपक मनाङेलाई काराबास सजाय हुने भएको छ । मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित मनाङेलाई हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर सदर गर्दै सर्वोच्चले ५ वर्ष कैद सजाय तोकिएको हो ।

०५०\५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै मनाङेले हप्ता एवं मासिक असुली गर्न थालेका थिए।

धम्क्याउँदै पैसा असुल्दै आएका उनको आपराधिक यात्राको बाधक बने केही समय चक्रे मिलन। राप्रपामा खासै उपलब्धि नभएपछि उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे। ०६८ मा उक्त पार्टीमा प्रवेश गरेका उनी केही समय भूमिगतजस्तै बने।

ठमेलमा रेस्टुरेन्ट व्यवसायीबाट सलामी ९कमिसन० उठाउने मनाङे पटक-पटक पक्राउ पर्दै जेल परेर छुटेका अभियुक्त थिए। अकुत सम्पत्तिमा सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए।

२० वर्षदेखि उनी राजधानीको गुन्डागर्दीमा संलग्न थिए। गुन्डागर्दीसँगै ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालकसमेत बने। राजनीति गरे अपराध छिपाउन सकिन्छ र प्रहरी चंगुलबाट बच्न सकिन्छ भन्ने अभिप्रायले नै उनी विभिन्न दलमा प्रवेश गरेको बुझिन्छ।
०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेका थिए। मनाङे समूहको आक्रमणबाट चक्रे मिलनको टाउकोमा गम्भीर चोट लागेको थियो भने हात चुँडिएको थियो। उपचारपछि उनको हात जोडिएको थियो। उक्त घटनाको उजुरी दर्ता भएपछि प्रहरीले मनाङे समूहलाई कर्तव्यज्यान मुद्दा दर्ता गर्यो। दीपकसहित उक्त समूहका रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालगायत १२ जना जोडिएको उक्त मुद्दामा जिल्ला अदालतले कर्तव्यज्यान नभई कुटपिट ठहर गरी केहीलाई २ वर्ष कैद सजायको फैसला गर्यो दिपक मनाङे पक्राउ परे ।

जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल कार्यालयले आरोपितमाथि कारबाहीको माग गर्दै पुनरावेदन अदालत, पाटनमा पुनरावेदन गरेको थियो। २०६९ सालमा पुनरावेदनले ज्यान मार्ने उद्योग गरेको ठहरसहित मनाङेलाई ५ वर्ष कैद सजाय सुनायो ।

पुन: सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका सीडीओले ६ महिना कैद सुनाएपछि पछि अदालतले एक वर्ष कैद सजाय सुनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू