अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

पोखरेली दर्शकबाट गायक प्रमोद खरेललाई फूलको वर्षातले स्वागत

बिआरटीनेपाल २०७४ पुष ३० गते १०:०९ मा प्रकाशित

नेपाली संगीत क्षेत्रमा अत्याधिक सफल गीत म बिना कसै कसैैैलाई मुस्किल छ पोखरामाबाट सर्वाधिक लोकप्रिय बनेका गायक प्रमोद खरेल लाई पोखराका दर्शक स्रोताले फूलहरुको बर्षाले स्वागत गरेका छन् । पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला ०७४ मा का लागि पोखरा पुगेका गायक खरेललाई स्टेजमा फूलहरु बर्षाएर पोखरेली दर्शक स्रोताले स्वागत गरेका हुन् ।

करीब १ घन्टाको प्रस्तुति दिएका गायक खरेलले आफ्ना चर्चित गीतहरु सुनाउँदा माहौल तातेको थियो । सन्धयाकालिन समयमा स्टेज चढेका उनलाई हेर्नकै लागि मात्र पनि पोखरा आसपासका हजारौं दर्शक कार्यक्रम स्थल पुगेका थिए ।

खरेलसँगै गायक धीरज राई, पोखरेली कलाकारहरु सन्तोष वस्याल, ममता गुरुङलगायतको समेत प्रस्तुति रहेको मेलामा मेला माघे संक्रान्तिको दिन माघ १ गते आनन्द कार्की, सहिमा श्रेष्ठ, शशी रावल, दीपक शर्मा लगायतका कलाकारहरुले प्रस्तुति रहने छ भने माघ ४ गते राजेश पायल राई, मिना निरौला, रवि रिमाल तथा माघ ६ गते शनिबार सविन राई एण्ड पारोअ, राजनराज शिवाकोटी, मिलन अमात्य लगायतका कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू