अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

छवि जोगाउन यसो गरे ट्रम्पले

बिआरटीनेपाल २०७४ पुष २६ गते १६:३९ मा प्रकाशित

अघिल्लो साता अमेरिकालाई उसको राष्ट्रपति ‘सन्काहा’, ‘अपरिपकक’, ‘वेबकुफ’ र दिमाग बिग्रिरहेको तथा अध्ययन नगर्ने भएकाले राष्ट्रपतिको कार्यालयका लागि खतरनाक रूपमा अयोग्य भएको बताइयो ।

माइकल उल्फको बेस्ट सेलर ‘फायर एण्ड फ्यूरी’ ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो छवि जोगाउन प्रतिवादमा केही न केही गर्नै पर्ने अवस्थामा पु¥याइदियो ।

रिपब्लिकन र डिमक्र्याटसँग आप्रवासी मामिलामा मङ्गलवार ५५ मिनेट लामो क्याबिनेट बैठक भयो । फायर एण्ड फ्यूरीले धमिलिएको छवि उजिल्याउन उनले उक्त बैठकमा पत्रकार नै बोलाइदिए । ‘त्यो काम असाध्यै राम्रो भन्ने प्रतिक्रिया पाएको छु । समीक्षा पनि सकारात्मक रूपमा आइरहेका छन्,’ ट्रम्पले भने ।

ट्रम्पले समाचार वाचकहरूले पत्र नै पठाएर धन्यवाद दिएको दाबी पनि गरेका छन् । हाकिमले आदेश दिएपछि उनीहरूले आफ्नो प्रशंसामा नियन्त्रण गरेको ट्रम्पको दाबी छ । ‘मेरो कामको समीक्षा गजब भो,’ उनले भने ।

छवि बनाउने दोस्रो चरणको काम बुधवार सुरु हुने छ । ट्रम्पले उक्त दिन नर्वेली प्रधानमन्त्रीसँग सार्वजनिक रूपमा जवाफ दिने कार्यक्रम राखिएको छ । कार्यक्रममा डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल्स (डाका) प्रोग्राम अन्त्य गर्ने उनको निर्णयलाई मंगलबारै एक जना सङ्घीय न्याधीशले अस्थायी रूपमा रोक लगाएको विषयमा प्रश्न सोधिन सक्ने सम्भावना उच्च छ ।

मङ्गलवार भने ट्रम्पले ५५ मिनेट लामो क्याबिनेट बैठक क्यामरा सामु गरे । अप्रत्यासित र रियालिटी सोजस्तो लाग्ने क्यामरा सामु भएको क्याबिनेट बैठक वासिङ्टनमा आफु सबैभन्दा माथिल्लो कोटिको राजनीतिक खेलाडी भएको देखाउने ट्रम्पको संभवत सबैभन्दा प्रभावकारी कदम हो । एक जना वरिष्ठ प्रशासकले सिएनएनलाई क्यामरा सामु क्याबिनेट बैठक गर्दा सबैको ध्यान मुद्धामा केन्द्रित हुने भए पनि मङ्गलवारको बैठक ट्रम्पलाई फाइदा पु¥याउन डिजाइन गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू