अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

प्रमोद खरेलको प्रस्तुतिमा उत्साहित अष्ट्रेलियाबासीले थपे माहौलमा रौनकता

बिआरटीनेपाल २०७४ पुष २३ गते २२:०४ मा प्रकाशित

नेपाली साँगीतिक क्षेत्रका अत्याधिक लोकप्रिय गायक प्रमोद खरेलले अष्ट्रेलियामा आफ्ना ३ वटा प्रस्तुती सम्पन्न गरेका छन् । अंग्रेजी नयाँ बर्षका लागि प्रस्तुती सहित अष्ट्रेलिया पुगेका गायक खरेलले डिसेम्बर ३० साथै जनवरी ३ र ६ तारिखका दिन अष्ट्रेलियाबासी नेपाली माझ आफ्नो भब्य प्रस्तुती दिएका हुन् ।

मायालु इन्टरटेन्मेनको आयोजनामा डिसेम्बर ३० का दिन सिड्नीमा कार्यक्रम सम्पन्न गरेका खरेलले मायालु इन्टरटेन्मेनकै आयोजना तथा नेप्को इन्टरटेन्मेन्ट र असम इभेन्ट सहआयोजक रहेका अन्य २ कार्यक्रम जनवरी ३ र ६ तारिखका दिन सम्पन्न भएका थिए ।

प्रमोद खरेल अष्ट्रेलिया आउने कुराले नै उत्साहित बनेका उनका हजारौं प्रशंसक गायक खरेलको प्रस्तुती हेर्न कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रममा पछिल्लो समय सार्वजनिक गीत दन्तैमा, अत्याधिक सफल गीत मेरो दिल छ पोखरामा लगायतका गीतहरु प्रस्तुत गरेका खरेललाई दर्शकहरुको साथले उत्साह भरेको देखिन्थ्यो भने उनका गीतहरुसंगै झुमेका नेपाली दर्शकको उत्साहले माहौलमा रौनकता थपेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू