अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

गायक तथा संगीतकार रामजी नेपाली सम्मानित

बिआरटीनेपाल २०७४ पुष २२ गते ५:०१ मा प्रकाशित

गायक, सङ्गीतकार तथा रक्तदान अभियन्ता रामजी नेपाली सम्मानित भएका छन् । उनलाई जापान गोजुरियो कराते डो केन्वकाइ नेपाल एशोसियसनले राजधानीमा भएको एक कार्यक्रममा सम्मान गरेको हो ।

रामजीले नेपाली गीत सङ्गीतक्षेत्रमा पुर्याएको योगदान तथा रामजी नेपाली फाउण्डेशन मार्फत गरेका सामाजिक कार्यका लागि यो सम्मान गरिएको आयोजकले जनाएको थियो ।

भूमिप्रसाद त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको छैठौ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा रामजी नेपाली लगायत अन्य सामाजिक व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

प्रमुख प्रशिक्षक एवम् संस्थाका उपाध्यक्ष विसन सिं खड्काको सभापतित्वमा भएको कार्यक्रममा जापानबाट आएका हान्सी आइको ताकाहासी, सिहान कोजी केनेदा, सिदोइन फुरोसो र टेन्सवर्गका प्रमुख तेजिन्द्र खड्का, दीपक शर्मालगायत विशेष अतिथि रहेका थिए ।

रमेश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुले केन्वकाई खेलका बारेमा र समसामायिक विषयमा आ–आफ्ना धारणा राखेका थिए । सो अवसरमा रामजीले जवानीमा तानेको गाजा, म पनि त जान्छु अब कोरियामा लगायतका गीत प्रस्तुत गरेर माहोललाई रमाइलो बनाएका थिए ।

प्रतिक्रिया