अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ – अग्नी सापकोटा

बिआरटीनेपाल २०७४ पुष १६ गते ३:४३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताउनु भएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सापकोटाले जनताले बामगठबन्धनलाई नयाँ सरकार गठनका लागी जनादेश दिइसकेको कारण देउवाले राजीनामा दिनुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले तथा सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्ने बताउनुभयो । बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व शर्षि दुई नेताले स्थायी रुपमै गर्ने उहाँले बताउनुभयो ।

अहिले भइरहेको भ्रष्टाचारको एकाएक हिसाब चाहिने भन्दै भ्रष्टाचार नियन्त्रणलाई अबको सरकारले पहिलो प्राथमितामा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रपतिले राष्ट्रिय सभा विधेयक पारित गरिसकेको कारण अब निर्वाचन आयोगले फास्ट ट्याकबाट भएरपनि तत्काल राष्टिय सभा गठनका लागी निर्वाचन गराउन पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू