अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

तीन राप्रपालाई एकीकरणको दबाब

बिआरटीनेपाल २०७४ पुष १३ गते १९:५८ मा प्रकाशित

कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)लाई पुनः एकीकृत गरी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न गर्न तीनै पार्टीको दोस्रो तहका नेताहरूले दबाब दिन शुरू गरेका छन्।

तीनवटै पार्टीका शीर्ष नेतृत्वले पार्टी एकीकरण गर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आलटाल गरेमा तीनवटै पार्टीका असन्तुष्ट नेता तथा कार्यकर्ताले चौथो पार्टी गठन गर्नेदेखि अन्य पार्टीमा प्रवेश गर्नेसम्मको तयारीसमेत गरेका छन्। पार्टी एकीकरण गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेपछि पुराना नेताहरू सबै सल्लाहकारको भूमिकामा बस्नुपर्ने उनीहरूको माग छ।

पार्टी एकीकरण गर्न दबाब दिँदै दोस्रो पुस्ताका नेताहरूले तत्काल तीनवटै पार्टीको संयुक्त केन्द्रीय समिति तथा पदाधिकारीको संयुक्त बैठक राख्नुपर्ने र तीनवटै पार्टीको केन्द्रीय समिति, पदाधिकारी तथा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला नबोलाए असन्तुष्ट पक्षले सातै प्रदेशमा प्रादेशिक भेलाको आयोजना गरी चौथो पार्टी खोल्ने अथवा अन्य पार्टीमा प्रवेश गर्ने भन्ने बारेमा निर्णय गर्ने बताएका छन्। आजको नेपाल समाचारपत्रमा  खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू