अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

उनको र मेरो चर्चा

कमला रिसाल २०७४ पुष १२ गते १७:४३ मा प्रकाशित

कति लामो अविरल छ जिन्दगीको यात्रा,
यात्रामा यो मन ठाेकिदा …
हिजोआज उनको र मेरो
चर्चा निकै चलेको छ ।

त्यो अदृश्य छायाँको अतृप्त माया,
न त भेटघाट छ न त बाेलचाल नै
तर पनि नाम जोडिएको छ
म उन्को भएर होइन,
नभएरै बदनाम हुनु परेको छ ।

तर मलाइ पूर्ण विश्वास छ,
यो कुनै माला होइन पहिराउदैमा पहिरिने,
यो त माया हो आत्मै देखि पलाउने
स्वच्छ छ पवित्र छ सागर झैँ निर्मल छ
यो अबोध मनको के दोष छ ?

व्यक्ति व्यक्तिको सोच नै यहाँ खराब छ
म त यहाँ अन्जान छु
हावा हावाले नै उडाएको छ
न मलाइ थाहा  छ, न उनीलाई थाहा छ
यो बेनाम साइनो र बिना अर्थको मायाले
साँच्चै नै अर्थ खुलाउने छ !

हिजो सम्म त सोचेकै थिइन
तर हल्लै हल्लाले नाम जोडिंदा
कता-कता यो मन खल्बलिएको छ ।