अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

बोर्ड र एनआरएन पदाधिकारी वीच छलफल

बिआरटीनेपाल २०७४ पुष ७ गते २:०६ मा प्रकाशित

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरु र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा अन्य उच्च पदाधिकारीहरु वीच धितोपत्र बजारमा लगानी गर्ने सम्बन्धमा हालै छलफल भएको छ । सो क्रममा एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएन साथीहरु नेपालको पुँजी वजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेकोले सो को लागि वोर्डले आवश्यक नीतिगत व्यवस्था गरिदिन अनुरोध गर्नु भएको थियो ।

सोही क्रममा उहाँले आफुहरुले शुरुवातमा रु.१० अर्ब लगानी गर्ने योजनामा रहेको जानकारी समेत गराउनु भयो । उक्त अवसरमा बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पुँजी बजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि जस्ता संरचनात्मक सुधार कार्यहरु भई धितोपत्र बजार लगानीका लागि बढी आकर्षक हुदै गएको सन्र्दभमा एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मकरुपमा लिदै नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि वढाई सकेको जानकारी गराउनु भयो ।

डा.कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको स्पष्ट गर्नु भयो । साथै उहाँले एनआरएनले बोर्डबाट के कस्तो अपेक्षा गरेको हो लिखितरुपमा जानकारी गराउन तथा उपयुक्त व्यवस्था सम्बन्धमा सुझाव समेत पेश गर्न आग्रह गर्दै यस सम्बन्धमा निरन्तर छलफल तथा भेटघाट गर्दै जाने तथा प्राप्त सल्लाह तथा सुझावहरुको सम्बन्धमा अध्ययन गरी आवश्यकता अनुसार उपयुक्त कदम चाल्दै जाने वताउनु भएको थियो ।

उक्त भेटघाट कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष जिवा लामिछाने तथा वोर्ड उच्च पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू