अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३
| Colorodo: 11:08
सिराहको प्रयागपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नंको मुनाल यातायात पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाईते भएका हुन् ।
बस अनियन्त्रित भएर सडक छेउमा पल्टीएको हो । बस दुर्घटनामा परेपछि बसका चालक फरार रहेका छन् भने घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।