अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

सिएनएन हिरो अफ द इयर २०१७ नर्थ क्यारोलिनाकी एमी राइट

अपाङ्ग सन्तानले प्रेरणा दिएपछि . . . . . .

बिआरटीनेपाल २०७४ पुष ३ गते १२:०७ मा प्रकाशित

‘मेरा बच्चाहरू कमजोर छैनन्,’ एमी राइटले जोड दिइन् । धेरै अभिभावकले आफ्ना बच्चाका विषयमा यस्तो भनिरहनु पर्दैन । तर, सन् २०१७ की १० मध्ये एक सिएनएन हिरो एमीलाई भने यसो भन्नु आवश्यक छ, किनभने उनले जन्माएकी दुई सन्तान बौद्धिक अपाङ्ता छन्, जसको प्रस्ट अर्थ हुन्छ, ती बच्चाहरू हुर्काउन विशेष ध्यान दिनुपर्छ ।

‘जब तपाईँ विशेष स्याहार चाहिन बच्चाको अभिभावक बन्नुहुन्छ, तपाईँ पैरवीकर्ता बन्नुहुन्छ,’ एमीले प्रष्ट्याइन्, ‘उनीहरूको जीवनमा सुन्दरता छ भनेर मानिसहरूलाई देखाउन खोज्नुहुन्छ ।’

एमीको पैरवी कफि शपको रूपमा उदायो । उनले गत वर्ष आफ्ना २ सन्तानको नाममा बिटी एण्ड बिउ कफि शप स्थापना गरिन् । विल्मिङ्टन, नर्थ क्यारोलिनामा रहेको बिटी एण्ड बिउ कफि शप र त्यसका ४० अपाङ्ग कामदारका पछाडि समर्थकको कति ठुलो फौज रहेछ भन्ने आइतबार रात प्रस्ट भयो ।

त्यो रात एमी २०१७ सिएनएन हिरो अफ द इयरले सम्मानित भइन् । उनले सम्मान पाउनुको कारण अपाङ्गता भएकाहरुको पैरवी गर्नु हो । यो पुरस्कार उनले अनलाइन मतका आधारमा प्रतिस्पर्धीर्ला पछाडि पारेर पाएकी हुन् ।

आफ्नो पैरवीलाई निरन्तरता दिन एमीले एक लाख अमेरिकी डलर प्राप्त गर्नेछिन् । उनीजस्तै १० जना सिएनएन हिरोले एक लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘मेरा हिरो भनेको बिटी एण्ड बिउमा काम गर्ने ४० मानिस हुन्,’ एमीले भनिन्, ‘यो पुरस्कार म उनीहरूका लागि ल्याउँदैछु । यो पुरस्कार मलाई प्रेरणा दिने बिटी र बिउका लागि ल्याउँदैछु ।’

एमीले आफ्ना बौद्धिक अपाङ्गता भएका सन्तानलाई सन्देश पनि दिइन् । भनिन्, ‘मलाई थाह छ, यति बेला तिमीहरू मलाई नै हेरिरहेका (टेलिभिजनमा) छौ,’ उनले भनिन्, ‘म संसारका लागि तिमीहरूलाई परिवर्तन गर्न सक्दिन तर, तिमीहरुका लागि संसार परिवर्तन गरिदिन्छु ।’शारीरिक र बौद्धिक अपाङ्गता भएका मानिस हेरेरै अनुमान गर्न सकिन्छ । एमी र उनका श्रीमानले यस्ता अपाङ्गता भएको ७० प्रतिशत मानिस बेरोजगार भएको थाह पाए । त्यसपछि उनीहरूले समाधान खोज्ने निधो गरे, अरूका लागि र आफ्ना सन्तानका लागि । बिटी एण्ड बिउ कफि शप खुल्यो ।

Photo: CNN

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू