अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

‘कविता उत्सवःओलम्पिया पोइट्री स्ल्याम’ सम्पन्न

बिआरटीनेपाल २०७४ पुष ३ गते ४:४५ मा प्रकाशित

‘कविता मनाऔँ’ भन्ने उदेश्यका आयोजना गरिएको कविता उत्सवःओलम्पिया पोइट्री स्ल्याम’ सम्पन्न भएको छ । ओलम्पिया वल्र्ड स्कूलको आयोजनामा सम्पन्न कविता उत्सव प्रतिस्पर्धात्मक कविता बाचन सहित अाेलम्पिया कलेज,बबरममहल सम्पन्न भएको हो ।

नवराज पराजुलीको संयोजकत्वमा सम्पन्न कविता उत्सवको प्रतियोगितामा कवि तथा गीतकार दिनेश अधिकारी, , कवि समिप ढुंगेल, कलाकार रविन्द्र सिंह बानिया, कवि सुदेश सत्याल र कलाकार रोजिता बुद्धाचार्य निर्णायक रहेका थिए ।

देशभरीबाट जम्मा बाह्र कवि सहभागी प्रतियोगितामा उत्कृष्ट तीन कवि विजेता घोषित समेत भएका छन् । उत्सवमा कविहरु कबिर काफ्का , प्रकाशचन्द्र जिम्बा, प्रकाश भण्डारी , प्रकाश भुसाल , प्रज्ज्वल अधिकारी, मनोज मुस्किल , मनोज शंकर , निरज दाहाल , रिमा के.सी, समिप राज , शुभाशिष पराजुली र सुरज सोडारीका कविताहरु प्रतिस्पर्धामा थिए । जसमध्य बिजयी हुनेहरुमा प्रकाश चन्द्र जिम्बा, प्रज्वल अधिकारी र शुभाषिस पराजुली रहेका छन् । बिजेताहरुले नगद पुरस्कार सहित स्मार्ट फोन र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कविता उत्समा सहभागी १२ कविले अठार वटा कविता बाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू